फर्मूलावान–कार र फाइटर–जेटलाई संसारकै छिटो उड्ने गुड्ने साधनको रुपमा लिइन्छ । तर, टर्कीको इस्ताम्बुल एरोस्पेड एन्ड टेक्नोलोेलोजीमा आयोजित प्रतियोगितामा फर्मूलावान–कार र फाइटर–जेटलाई सुपरबाइकले पछि पारेको छ ।
प्रतियोगितामा निन्जा एच–२ सुपरबाइक, फर्मूलावान–कार, एक प्राइभेट जेट र एफ–१६ फाइटरबीच रफ्तारको प्रतिस्पर्धा भएको थियो ।
रेसको समयमा फर्मूला–१ कारलाई रेडबुल रेसिङ्ग टिमका ड्राइभर जेक डेनिसले चलाएका थिए भने कावासाकी बाइकलाई रेसस्–केनन् सोफूओग्लुले चलाएका थिए ।
यसका अलवा रेसमा एस्टन मार्टिन वेन्टेज, लोटस इबोरा जीटी–४३० र टेस्लामोडल एसपी–१०० डीएललगायत अन्य कारको समेत सहभागिता रहेको थियो ।
फरक–फरक रन्–वेमा गरिएको सो प्रतिस्पर्धामा बाइकले दुईवटै जेट र कारलाई पछि पारेको हो । कावासाकी निन्जा ९ः४३ सेकेन्डमा फिनिसलाइनमा पुगेको थियो भने त्यसको ४ सेकेन्ड पछाडि फर्मूला–१ कार पुगेको थियो । फाइटर–जेट विमानले भने तेस्रो स्थान लिएको थियो ।
निन्जा एचआर–२ सुपरबाइकलाई पाँचपटक वल्र्ड च्याम्पियन बनिसकेका केनन्ले चलाएका हुन् । यो संसारको सबैभन्दा फास्ट मोटरसाइकलको रुपमा परिचित छ । यसमा ९९८ सीसी क्षमताको फोर–सिलिन्डरयुक्त सुपरचार्ज्ड इञ्जिनको प्रयोग गरिएको छ । यसले ३०५ बीएचपी पावरकासाथै १६५ एनएम टर्क उत्पादन गर्छ ।


