काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले नयाँ हट ह्याचब्याक कन्सेप्ट सार्वजनिक गरेको छ । अल इलेक्ट्रीक पावर ट्रेनमा रहेको एमजी इएक्स–४ ह्याचब्याक सार्वजनिक भएको हो ।
एमजीले नयाँ ह्याचब्याकको आधिकारीक ‘डेब्यू’ गुडउड फेस्टिवलमा गरेको हो । उक्त कार्यक्रम जुलाई १३ तारिखबाट सुरु भएको थियो । आज जुलाई १६ मा गुडउड फेस्टिवल समापन हुँदैछ ।
एमजीको नयाँ ह्याचव्याक एक्स–पावरमा आधारित रहेको छ । यसमा रहेको ३२० किलोवाट क्षमताको मोटरले ४२९ हर्स पावर र ६०० न्यूटन मिटर टर्क जेनेरेट गर्नेछ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड केबल ३.८ सेकेन्डमा भेट्टाउने छ ।
मोरिस ग्यारेजको स्वामित्व रहेको एसएआईसी ग्रुपले नयाँ कारमा रहेको टेक्नीकल डिटेलको बाहिर ल्याएको छैन । कम्पनीले गुडउडमा साइवरस्टर नामको इलेक्ट्रीक रोडस्टर र इएक्स–४ सार्वजनिक गरेको हो ।
इएक्स४ मा ठूलो साइजको फ्रन्ट स्पीटर, इनलार्ज ह्वीलआर्क, ठूलो साइजको स्पोइलर, फुल साइजको डिफ्यूजर आदि रहेको छ ।


