काठमाडौं । कोरियन कार निर्माता कियाले सन् २०२१ बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको किया ईभी-६ को टप भेरियन्ट नेपाल आउने लागेको हो । कम्पनीले नेपाल ल्याउने ईभी–६ नेपालमा उपलब्ध विद्युतीय कार मध्ये सबैभन्दा धेरै रेन्ज प्रमाणित भएको कार हो ।
किया ईभी-६ मा ७७.४ किलोवाट आवर क्षमताको एचभी एक्सटेन्डेड लिथियम आयोन ब्याट्री दिइएको छ । कियाले यसमा १६८ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । ईभी–६ ले सिंगल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने कियाको दावी छ ।
विश्वभर निकै चर्चा र सफलता पाएको ईभी–६ मा अगाडि र पछाडि नै १७ इन्चको डिस्क ब्रेक, इन्टरग्रेटेड इलेक्ट्रोनिक्स ब्रेकिङ सिस्टम, मल्टी कोलिसन ब्रेक र अटो होल्डसहितको इलेक्ट्रीक पार्किङ ब्रेक दिइएको छ ।
सुरक्षाको लागि ईभी–६ मा एडिएस फिचर पाउन सकिन्छ । त्यसमा पार्किङ डिस्ट्यान्स वार्निङ, ७ एयरव्याग, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट, इलेक्ट्रोनिक्स अटोहोल्ड पार्किङ ब्रेक जस्ता फिचर उपलब्ध छन् ।

कियाले यसको इन्टेरियर पनि उत्कृष्ट बनाएको छ । कम्पनीले यसमा डबल स्पोक स्टेरिङ ह्वील, हिटेड स्टेरिङ, प्रिमियम लेदर सिट, सेन्टर आर्म रेष्टमा कप होल्डर, मुड ल्याम्प, पछाडि पनि फोल्डिङ गर्न मिल्ने सिट दिएको छ ।

यात्रालाई आरामदायी र रमाइले बनाउन कियाले ईभी-६ मा १२.३ इन्चको टीएफटी डिस्प्ले दिएको छ । सबै कन्ट्रोल बटम स्टेरिङमा चालकले पाउने छन् । सबै ढोकामा स्पीकर र ट्यूटर दिएको छ । क्रुज कन्ट्रोल, खुट्टा देखाउँदा खुल्ने टेलगेट, वायरलेस चार्जर, ढोकामा पनि अटो डिफगर, अटोमेटीक क्लाइमेट कन्ट्रोल र प्रिमियम एयर फिल्टर दिइएको छ ।

गाडी जति भित्र आकर्षक फिचर लोडेड छ बाहिर पनि त्यतिनै स्पोर्टी लुक्समा तयार भएको छ । एलइडी हेडल्याम्प, ठूलो पानारोमिक शनरुफ, १७८ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।
कन्टिनेन्टल ट्रेडिङले नेपाल ल्याएको ईभी-६ अहिले देशभरका शोरुमबाट बुकिङ लिन सुरु गरिएको छ । मूल्य घोषणा नगरेपनि कियाका शोरुमहरुले अनुमानित मूल्य १ करोड २५ लाखमा आउने जनाएका छन् ।

