भारतमा नोर्टनको पहिलो ट्रेडमार्क दर्ता

काठमाडौं । भारतमा पहिलो पटक नोर्टनले ट्रेडमार्क दर्ता गरेको छ । व्रिटिस आइकोनिक ब्राण्ड नोर्टनको सेयर टीभीएस मोटर्सले खरिद गरेपछि पहिलो पटक भारतमा ट्रेडमार्क दर्ता गरेको हो ।

कम्पनीले नोर्टन ‘कम्बाट’ नामबाट ट्रेडमार्क दर्ता गरेको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल रोयल इनफिल्डको प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

नोर्टन ब्राण्डको मोटरसाइकल क्षेत्रमा १२५ वर्षको विराशत रहेको छ । नोर्टन मोटरसाइकलको सेयर टीभीएस मोटर्सले खरिद गरेको कारण भारतमा नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएको हो ।

नोर्टनले क्याफे रेशर, स्ट्रीट फाइटर सेग्मेन्टमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । कम्बाट नोर्टनको कमान्डो ९६१ क्याफे रेशरबाट प्रभावित डिजाइनमा हुने अनुमान गर्न सकिन्छ । कोम्बाटमा सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन हुनेछ ।

कम्पनीले भारतमा उत्पादन गर्ने यो मोटरसाइकल ३०० सीसीदेखि ५०० सीसीसम्मको बीचमा ल्याउने अनुमान गरिएको छ । टीभीएसले २०२० मा नै यसको टेड्रमार्क दर्ता गराएको थियो । तर, ट्रेडमार्क स्विकृत भने यही महिना २०२३ जुलाईमा भएको हो ।

टीभीएसले हालैमात्र क्रुजर मोटरसाइकल सेग्मेन्टमा प्रवेश गरेको छ । कम्पनीले २२५ सीसी क्षमताको रोनिन मोटरसाइकल सार्वजनिक गरेको छ ।


Back_to_top