काठमाडौं । बीवाइडी एटो थ्री ठूलो परिमाणमा नेपालको लागि चीनबाट हिडेको छ । बीवाइडी एसिया प्यासेफिकले आफ्नो शोसल मिडिया पेज मार्फत नेपालको लागि एटो थ्री हिडेको जानकारी दिएको हो ।
बीवाइडी एटो थ्री अहिले बजारमा सर्वाधिक चर्चामा रहेको मोडल हो । नेपालभर झण्डै १ हजार यूनिट बुकिङ रहेको आधिकारीक बिक्रेता साइमेक्स इंकको भनाई छ ।

अहिले आउन लागेको एटो थ्री ५० किलोवाट आवरको ब्याट्रीमा एड्भान्स भेरियन्टको रुपमा पनि आउने छ । सबैभन्दा कम मूल्यको यो भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटरमा पनि एटो थ्री आउन लागेको हो ।
अहिले कति यूनिट एटो थ्री नेपाल आउन लागेको हो भन्ने विषयमा केही जानकारी नदिएपनि कम्पनी स्रोतका अनुसार साउन महिनामा ४ सय हाराहारी यूनिट एटो थ्री नेपाल आउने छ ।

बीवाइडीले आगामी नाडा अटो शोमा नयाँ प्रिमियम ह्याचव्याक कार डल्फीन र प्रिमियम सेडान कार सिल पनि नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सम्भवत एक साता भित्रै यी गाडी नेपाल आइपुग्ने छन् ।

