होन्डाले ल्यायो ‘एसपी-१६०’ मोटरसाइकल

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा नयाँ मोटरसाइकल ‘एसपी-१६०’ सार्बजनिक गरेको छ । कम्पनीले स्पोर्टी कम्युटर मोटरसाइकल सेग्मेन्टमा यसलाई सार्वजनिक गरेको हो ।

नयाँ मोटरसाइकललाई होन्डा यूनिकर्नको स्पोर्टी भर्सनको रुपमा लिन सकिन्छ । होन्डा एसपी-१६० दुई भेरियन्टमा सार्वजनिक भएको छ । कम्पनीले एसपी-१६०मा सिंगल डिस्क तथा डबल डिस्क भर्सन ल्याएको हो ।

होन्डा इन्डियाले सिंगल डिस्क भर्सनको १ लाख १७ हजार ५०० रुपैयाँ र डबल डिस्क भर्सनको १ लाख २१ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले लामो समयदेखि बिक्री गर्दै आएको होन्डा साइन एसपीको नेम प्लेटमा यूनिकर्ननको इन्जिन राखेर नयाँ भर्सन ल्याएको हो । यसको एलईडी हेडल्याम्प, एसपी-१२५ को डिजाइनसँग मिल्दो रहेको छ । यसको रियरमा भी-सेप एलईडी टेल लाइट दिइएको छ ।

डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरको साथ आएको एसपी-१६० को स्कृनमा गियर इन्डिकेटर, फ्यूल लेभल, ट्रिप मिटर, माइलेजको अवस्था हेर्न सकिन्छ ।

एसपी-१६० मा १६२.७१ सीसी सिंगल सिलिन्डर, बीएस ६ फेज २ इन्जिन रहेको छ । यसले १३.४ पीएस पावर तथा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स पाउन सकिन्छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा मोनोशक सस्पेन्सनका साथ सिंगल च्यानल एबीएस उपलब्ध छ ।


Back_to_top