थाइल्यान्ड रोड रेसिङमा सहभागी हुँदै नेपाली राइडर

काठमाडौं । एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने ‘एसिया कप अफ रोड रेसिङ्ग’मा सहभागी दुई राइडर बैंकक प्रस्थान गरेका छन् । राइडरहहरु राजकुमार कार्की तथा आषिक लामा ट्रयाक रेसिङमा भाग लिन बैंकक गएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदका कार्यकारि बोर्ड सदस्य एकेन्द्र कुवँर , एफआइए वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टालीलाई आज गरेका हुन् ।

थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आठवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । २ हजार ५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा ६ वटा दाया मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।

१५ वर्ष अघिबाट नेपालमा संस्थागत भएको मोटरस्पोर्ट अहिले नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हाल धुलिखेलमा मात्र एउटा ट्रयाक ‘हिमालय मोटरल्याड’ रहेकोमा यसै वर्ष देखि गौरीटार स्टेडियम, हेटौडा र सुर्खेत स्टेडियम एरियामा बागमति र कर्णाली प्रदेश खेलकुद परिषदले ट्रयाक निर्माण शुरु गरेका छन् ।


Back_to_top