रोयल इनफिल्डका मोटरसाइकल किन्न थप सहज, किस्तामा किन्न के-के चाहिन्छ ?

काठमाडौं । कम मूल्यका कारण चर्चामा रहेको रोयल इनफिल्डका मोटरसाइकल किन्न थप सहज हुने भएको छ । कम्पनीले फाइनान्स सुविधामा मोटरसाइकल किन्न सकिने योजना ल्याएसँगै रोयल इनफिल्डका मोटरसाइकल किन्न सहज हुने भएको हो ।

कम्पनीले ल्याएको स्कीममा ५० प्रतिशत डाउन पेमेन्ट गरेर रोयल इनफिल्डका मोटरसाइकल किन्न सकिने भएको हो । यसअघि रोयल इनफिल्डका मोटरसाइकलहरुमा फाइनान्सको सुविधा उपलब्ध थिएन ।

अल्फा अटोमोटिभ्सले रोयल इनफिल्ड विक्री सुरु गरेसँगै अव फाइनान्स सुविधा पनि उपलब्ध गराएको हो । कम्पनीले पुराना मोटरसाइकलसँग रोयल इनफिल्डका नयाँ मोटरसाइकल साट्न सकिने स्कीमसमेत संचालन गर्दै आएको छ ।

कम्पनीले चलाएको फाइनान्स स्कीममा मोटरसाइकल किन्दा ग्राहकले सुरुमा मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम २४ को किस्तामा तिर्न सक्नेछन् ।

फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले नागरिकताको फोटोकपी, सवारी चालक परिचयपत्रको फोटोकपी, पानी वा बिजुलीको वील र आयस्रोत खुलेको कागजपत्र उपलब्ध गराउनु पर्ने हुन्छ ।

त्यस्तै, साक्षी बस्ने ब्यक्तिको नागरिकताको फोटोकपी, फोटो दुई प्रती, पानी वा बिजुलीको विल तथा आयश्रोत खुल्ने कागजपत्र सहित उपस्थित हुन पर्नेछ ।

रोयल इनफिल्डले ४ लाख ९९ हजार रुपैयाँ क्लासीक ३५० र ६ लाख ६० हजार रुपैयाँमा स्क्रयाम ४११ विक्री गर्दै आएको छ ।


Back_to_top