एनआइयूले ल्यायो नयाँ स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । एनआइयूको नयाँ स्कुटर सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२३ मा एनआइयू ‘गोभा एफ ६००’ सार्वजनिक भएको हो ।

एनआइयू इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी इको इन्फिनिटीले ३ लाख ६ हजार मूल्य तोकेर एफ ६०० सार्वजनिक गरेको हो ।

एनआइयू गोभा एफ ६०० मा ३ किलोवाटको रेटेड पावर मोटर रहेको छ । यो स्कुटरमा ७२ भोल्ट २० एम्पीयर आवरको लिथिएम आयन ब्याट्री उपलब्ध छ । यसलाई फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ७० किलोमिटर प्रतिघन्टा रहेका छ ।

यो स्कुटर विभिन्न ५ कलर भेरियन्टमा उपलब्ध रहेको छ । यसमा डबल ब्याट्रीको अप्सनसमेत रहेको छ । डबल ब्याट्रीसहितको स्कुटर किन्दा ग्राहकले ३ लाख ८२ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यो स्कुटरको दुबै ह्वीलमा डिस्क ब्रेक पाउन सकिन्छ भने यसको यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ । यसमा अल एलइडी लाइट, यूसबी पोर्ट, डिजिटल इन्स्टुमेन्ट क्लस्टर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top