तयार भयो चेरीको इलेक्ट्रीक ‘ओमोडा’, चाँडै नेपाल आउने

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको पहिलो इलेक्ट्रीक क्रसओभर ओमोडा तयार भएको छ । अक्टोबर महिनाबाट चीनमा बिक्री सुरु हुने अपेक्षा गरिएको ओमोडा क्रसओभर एसयूभी हो ।

भविष्यका लागि क्रसओभर गाडी भन्ने मन्त्रबाट प्रेरित रहेर तयार भएको ओमोडा नेपाल पनि आउने मोडल हो । चेरीको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले यसलाई नेपाल ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।

भविष्य केन्द्रित डिजाइनमा तयार भएको ओमोडा इलेक्ट्रीक यूवा पुस्ता लक्षित इलेक्ट्रीक कार हो । यसको नामाकरण पनि कम्पनी ओ बाट अक्सीजन र मोडाको अर्थ मोर्डन मिलाएर ओमोडा बनाएको हो ।

पहिलो पटक संघाई अटो शोमा देखाएको ओमोडा क्रसओभर मोडलमा ६४ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको दावी छ ।

ओमोडा क्रसओभर नेपाली बजारमा ९९ किलोवाट आवरको मोटरमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । डिसी फास्ट चार्जर सपोर्ट गर्ने ओमोडा ईभीलाई ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

आगामी जनवरी २०२४ सम्ममा नेपाल आउने अपेक्षा गरिएको ओमोडा क्रसओभरको लागि आधिकारीक बिक्रेताले थप काम सुरु गरिसकेको छ । बढ्दो विद्युतीय कारको भिडमा ओमोडाले कस्तो ब्यापर गर्न सक्छ, त्यो थाहापाउन भने अझै केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top