मूल्यमा ५ लाख फरक भएको टियागो र सीथ्री इलेक्ट्रीकमा कुन किन्ने ?

काठमाडौं । भारतमा टाटा नेक्सन ईभीको सफलतासँगै पेट्रोलियम पदार्थबाट चल्ने कारलाई इलेक्ट्रीकमा परिणत गर्ने लहर नै सुरु भएको छ । टाटाले नेक्सनपछि कम्प्याक सेडान टिगोर र ह्याचव्याक टियागोलाई ईभीमा ल्याएको छ ।

टाटा मोटर्सलाई पछ्याउँदै फ्रेन्च अटोमोवाइल कम्पनी सिट्रोनले पनि भारतमा बनाएको सीथ्रीलाई इलेक्ट्रीकमा ल्याएको हो । नेपाली बजारमा सांग्रिला मोटर्सले सिट्रोन ईसीथ्री दुई महिनाअघि ल्याएको हो ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी भदौं अन्तिम साता आयोजना भएको नाडा अटो शोमा लन्च गरेको हो ।

सिट्रोन ईसीथ्री दुईवटा भेरियन्टमा ३३ लाख र ३५ लाख मूल्य राखेर बिक्री भइरहेको छ । टाटा टियागो ईभी भने विभिन्न ४ भेरियन्टमा २२ लाखदेखि २८ लाख मूल्य राखेर बिक्री भइरहेको छ ।

साइजमा टियागो ईभी सानो भएता पनि फिचर लोडेड छ । हामीले यहाँ ३३ लाख मूल्य रहेको सिट्रोनको ईसीथ्री वेस भेरियन्ट फिल र २८ लाख मूल्य भएको टियागोको टप भेरियन्ट एक्सजेड टेक प्लसको तुलना गरेको छौं ।

साइज

सिट्रोन ईसीथ्री लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम, उचाई १६०४ एमएम भएको क्रसओभर मोडल हो । कम्पनीले नेपालमा सब फोर मिटर एस्यूभी भनेर यसलाई बिक्री गर्दै आएको छ । यसमा २५४० एमएमको ह्वीलवेस छ ।

त्यस्तै टाटा टियागोको लम्बाई ३७६९ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३६ एमएम छ । टियागो एक पर्फेक्ट ह्याचव्याक कार हो । यसमा २४०० एमएम लामो ह्वीलवेस छ ।

टाटा टियागो सिट्रोन ईसीथ्रीको तुलनामा ११२ एमएमले लम्बाईमा, ५० एमएमले उचाईमा, ५६ एमएमले चौडाईमा र १४० एमएमले ह्वीलवेसमा छाटो छ ।

सिट्रोन ईसीथ्रीमा १७० एमएमको ग्राउण्ड क्लियरेन्स छ । टियागो ईभीमा भने १६५ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । ईसीथ्रीमा ३१५ लिटरको बुट स्पेश छ भने टिगोरमा २४० लिटरको बुट पाउन सकिन्छ ।

फ्रेन्च निर्माताले सिट्रोनमा १५ इन्चको ह्वील दिएको छ भने टियागोमा १४ इन्चको ह्वील दिएको छ ।

पावर तथा पफर्मेन्स

सिट्रोन ईसीथ्रीमा ४२ किलोवाटको मोटर छ । यसले ५७ हर्सपावर र १४३ न्यूटन मिटरको टर्क प्रदान गर्छ । टाटा टियागो ईभीमा ४९ किलोवाटको मोटर छ । यसले ६७ हर्सपावर तथा ११४ न्यूटन मिटरको टर्क प्रदान गर्छ ।

सिट्रोन ईसीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसले एक पटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । टाटा टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री प्याक छ । कम्पनीको दावी अनुसार यसले सिंगल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने छ ।

सिट्रोन ईसीथ्रीलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ५७ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । त्यस्तै, ३.३ किलोवाटको चार्जरले चार्ज गर्दा १० बाट १०० प्रतिशत चार्ज गर्न १० घण्टा ३० मिनेट लाग्छ ।

त्यसैगरी टाटा टियागोलाई फास्ट चार्जरले चार्ज गर्दा ५७ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसलाई ३.३ किलोवाटको चार्जरले चार्ज गर्दा १० बाट १०० प्रतिशत रिचार्ज गर्न ८ घण्टा ४० मिनेट लाग्छ ।

टियागो ईभीमा स्पोर्ट र सिटी गरी दुई ड्राइभ मोड छ । सिट्रोन ईसीथ्रीमा पनि नर्मल र इको गरी दुई ड्राइभ मोड रहेको छ ।

फिचर

टाटाको टियागो ईभीमा आईपी ६७ वाटर प्रुफिङ रेटेड ब्याट्री प्याक र मोटर रहको छ । अगाडि दुबैतर्फ एयरब्याग, ईबीडीसहितको एबीएस ब्रेकिङ सिस्टम, डाइनामिक गाइड लाइन सहितको रिभर्स पार्किङ क्यामरा, रियर पार्किङ सेन्सर, अटोमेटीक एसी रहेको छ ।

त्यसैगरी फ्रन्ट फग ल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेड सिट, मल्टी फङ्ुसनल फ्ल्याट बटम स्टेरिङ ह्वील, डिजिटल इन्टु«मेन्ट क्लष्टर, स्मार्टवाच कनेक्टीभीटी, ७ इन्चको हर्मनको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, अटोमेटीक टेम्पेक्चर कन्ट्रोल जस्ता फिचर रहेका छन् ।

टाटाले टियागो ईभीमा क्रूज कन्ट्रोल, इलेक्ट्रीक ओआरभीएम, कुल्ड ग्लोबबक्स, फलोमी होम लाइट्स, रियर वाइपर, वायरलेस एण्डरोइड अटो तथा एप्पल कारप्ले, ४ वटा स्पीकर ४ वटा टुइटर, स्पीड सेन्सीङ भोलुम कन्ट्रोल, मल्टीमोड रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पुस बटम स्टार्ट स्टप, रेन सेन्सीङ वाइपर, अटोमेटिक हेडल्याम्प, पङ्चर रिपेयर किट दिएको छ ।

सिट्रोन ईसीथ्रीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, व्लुटुथ कनेक्टीभीटी, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिउल एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम दिएको छ ।

इएससी, एचएसी, म्यानुअल एयर कन्डिसन, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, ४ वटा स्पीकर लगायत फिचर छन् ।

सिट्रोन ईसीथ्री फिलमा भन्दा टियागो एक्सजेड टेक प्लसमा धेरै फिचर भएता पनि दुबै कारमा हिलहोल्ड असिस्ट र इलेक्ट्रीक पार्किङ ब्रेकको भने अभाव छ ।


Back_to_top