नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स रहेको छ । नयाँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडलहरु बिक्री हुनेछन् ।
यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजालले एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका थिए।
सिट्रोन ईसीथ्रीमा २९.२ किलोवाटआवरकाे ब्याट्री प्याक रहेकाे छ । याे इभीले ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणीय अनुभव सुनिश्चित गर्दछ।
सिट्रोन ब्याट्रीको आयू डीसी फास्ट चार्जरबाट मात्र गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ रहेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

नेपाली बजारमा सिट्रोनको लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ । सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, एक वर्षभरीको लागि निशूल्क बीमा लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्नेछन ।

