बजाज पल्सर एन १६० को नयाँ कलर भर्सन सार्वजनिक भएको छ । कम्पनीले भृकुटीमण्डपमा जारी ग्रयाण्ड कार्निभलमा पल्सर एन १६० नयाँ कलरमा सार्वजनिक गरेको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले क्यारिवियन ब्लू कलरमा पल्सर एन १६० ल्याएको हो ।
कम्पनीले यसमा कलरको अलावा अन्य कुनै परिर्वतन गरेको छैन् । यसको मूल्य रेगुलर मोडलको जस्तै ३ लाख ९३ हजार ९०० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।
बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले एन १६० सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।


