दशैंलाई गाडी वा ड्राइभर भाडामा चाहिनेले मोवाइल एपबाटै खोज्न सक्ने

काठमाडौं । उपत्यका बाहिर दशैै मनाउन जानेहरुको लर्को नै लाग्छ । घटस्थापनको दिनदेखि सार्वजनिक सवारीसधान रुट पर्मिट अनिर्वाय चाहिने नियम लागु हुँदैन ।

सार्वजनिक बसहरुले महंगो भाडा असुल्ने गरेको समाचारहरु यस्तै चाडपर्वको समयमा धेरै हेर्न र सुन्न पाइन्छ । लामो यात्रामा जानेहरुका लागि चाडपर्वको समयमा निकै कष्टकर यात्रा गर्नु पर्ने बाध्यता रहँदै आएको छ ।

यस्तै समस्यालाई मध्य नजर गर्दै स्पार्क कार रेन्टरले कार, बस, जिप तथा भ्यान भाडामा लिन सकिने सुविधा ल्याएको छ । कम्पनीले आजै (घटस्थापन) देखि कार, बस, जीप, भ्यान जस्ता सवारीसाधन बुक गर्न र शुल्क बारे जानकारी लिन सकिने गरी मोवाइल एप अपडेट गरेको हो ।

‘फेस्टिभ सिजनमा कार रेन्टलमा लिनेको संख्या धेरै हुने गरेको छ । त्यसलाई मध्य नजर गर्दै हामीले ३ हजार वटा साना तथा ठूला सवारीसाधन तयारी अवस्थामा राखेका छौं । नेपालका कुनैपनि स्थानमा जान परेमा दक्ष चालक र सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा छौं, स्पार्क रेन्टलका चिफ प्रोडक्ट अफिसर प्रमोश अधिकारीले भने ।

अधिकारीका अनुसार स्पार्कले सवारी साधनमात्र होइन, चालक भाडामा चाहिने ग्राहकको आवश्यकता पनि पुरा गर्ने छ । गाडी छ, चालक नहुँदा पनि चालक खोज्न धेरै ठाँउ जानु नपरोस भनेर चालक उपलब्ध गराउने तयारी कम्पनीले गरेको हो ।

स्पार्क रेन्टलले गाडी चलाउन आउँछ, तर भाडामा गाडी लिनु पर्नेको आवश्यकता पनि पुरा गर्दै आएको छ । स्पार्क रेन्टलको सेवा लिन चाहने ग्राहकले स्पार्ट रेन्टलको आधिकारीक वेटसाइट तथा मोवाइल एपमार्फत जानकारी लिन सक्नेछन् । कम्पनीका अनुसार स्र्पाक रेन्टल एप हालका लागि एन्ड्रोइड मोवाइलमा मात्र उपलब्ध छ ।


Back_to_top