इलेक्ट्रीक कार उत्पादनमा आक्रमक बन्दै चांगन, थाइल्याण्डमा नयाँ प्लान्ट

काठमाडौं । चिनियाँ ब्राण्ड चांगन अटोमोवाइलले थाइल्याण्डमा प्लान्ट निर्माणको लागि सरकारसँग अनुमति पाएको छ । चांगनको प्लान्ट स्थापनाको लागि सम्झौतामा हस्ताक्षर गरेको हो ।

चांगनले थाइल्याण्ड बोर्ड अफ इन्भेस्टमेन्टसँग ‘बेल्ट एण्ड रोड इन्टरनेशनल को-अपरेसन’को वेइजिङमा भइरहेको कार्यक्रममा गत अक्टुबर १७ मा प्लान्ट निर्माण अघि बढाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चांगनले उक्त प्लान्टका लागि २४० मिलियन डलर लगानी गर्ने योजना बनाएको छ । सुरुमा कम्पनीले नयाँ प्लान्टबाट बार्षिक १ लाख न्यू इनर्जी भेहिकल बनाउने लक्ष्य बनाएको छ । दोस्रो फेजमा भने वार्षिक २ लाख उत्पादन गर्ने जनाएको छ ।

चांगानले थाइल्याण्डमा गत अगस्ट २३ मा आफ्नो अपरेटीङ यूनिटको स्थापना गर्दै ८.८ बिलियन भाट लगानी गर्ने घोषणा गरेको थियो ।

थाइल्याण्डमा उत्पादन हुने न्यू इनर्जी भेहिकल अष्ट्रेलिया, न्यूजल्याण्ड, वेलायत, साउथ अफ्रिका लगायतका राइट ह्याण्ड ड्राइभ गाडी प्रयोग हुने साउथ एशियन मुलुहरुमा निर्यात गर्ने कम्पनीले योजना बनाएको छ ।

चांगानले आफ्नो उत्पादन विश्वव्यापी बनाउनका लागि सन् २०३० सम्ममा १० बिलियन डलर लगानी गरी वार्षिक १२ लाख इलेक्ट्रीक कार बेच्ने योजना बनाएको छ । कम्पनीले आफ्नो लगानीबाट अन्तर्राष्ट्रिय बजारमा १० हजारभन्दा धेरै संख्यामा रोजगारी सृजना गर्ने जनाएको छ ।

गत जुनसम्ममा चांगनले ६० भन्दा बढि देशमा ४०० स्थानमा अटोमोवाइल सेल्स र सर्भिस सेन्टर संचालनगरी आफ्नो उपस्थिति जनाएको छ ।


Back_to_top