पन्च ईभीले नेक्सनकोभन्दा बढी रेन्ज दिने

काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल माइक्रो एसयूभी पन्चलाई आगामी दिपावलीको अवसर पारेर भारतमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यसलाई ५०० किलोमिटर माथि रेन्ज दिने मोडलको रुपमा बजारमा ल्याउन भएको हो ।

टाटा मोटर्स प्यासेन्जर भेहिकल एण्ड इलेक्ट्रीक यूनिटका प्रबन्ध निर्देशक शैलेस चन्द्राले अब आउने टाटाका सबै इलेक्ट्रीक एसयूभीहरु ५०० किलोमिटर माथि रेन्जमा आउने बताएका हुन् ।

टाटा मोटर्सले ल्याउने क्रममा रहेको पन्च, ह्यारीयर र कर्भ ईभी लङ रेन्ज मोडलका रुपमा बजारमा आउने चन्द्राको दावी थियो । यसले पन्चको रेन्ज टाटा नेक्सन ईभीको भन्दा धेरै हुने संकेत गर्छ । कम्पनीको दावी अनुसार टाटा नेक्सन म्याक्सले ४५३ किलोमिटर रेन्ज दिन्छ ।

टाटा मोटर्सले अब आउने सबै ईभी कम्पनीको जेनेरेशन-२ मा आधारित हुनेछ । त्यसैले यसको पर्फमेन्समा सुधार गर्न लागिएको हो । टाटाको सफल मोडल नेक्सन ईभीको फेसलिफ्ट पनि तयार भइसकेको छ ।

पन्च ईभी फिचर लोडेड हुने

टाटा मोटर्सको नयाँ ईभी पन्च फिचर लोडेड हुने बताइन्छ । विभिन्न चरणमा यसलाई परिक्षण गर्दा यसको स्पाई इमेजहरु बाहिर आएका छन् । त्यसकै आधारमा यसमा ३६० डिग्री क्यामेरा रहने अनुमान गरिएको छ ।

यसको साइज अहिलेको पन्च बराबर नै भएपनि एक्सटेरियर र इन्टेरियर नयाँ फेसलिफ्ट नेक्सनबाट प्रेरित रहने छ ।

यसमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर ह्यूमिनिटी लाइन, स्क्वायर ह्वील आर्क, बाक्लो बडी क्लाडिङ, ९० डिग्रीमा खुल्ने सडक, रुफरेल दिइएको देखिन्छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहने छ ।

टाटाले पन्च ईभीमा टु स्पोक स्टेरिङ ह्वील दिइने छ । यसमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, पुस बटम स्टार्ट÷स्टप, अटामेटीक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, अटो फोल्ड ओआरभीएम जस्ता फिचर रहने छन् ।


Back_to_top