काठमाडौं । चीनले एड्ने कार (एयर ट्याक्सी)लाई मान्यता दिएको छ । गत शुक्रबार चिनियाँ कम्पनी इहाङले निर्माण गरेको ‘ईएच २१६ एस’ एयर ट्याक्सीलाई हवाई योग्यताको प्रमाणपत्र दिएको हो ।
योसँगै ‘ईएच २१६ एस’ पेसेन्जर बोक्न पाउने हवाई ट्याक्सीको प्रमाणपत्र पाउने पहिलो कम्पनी भएको छ ।
इहाङले उत्पादन गरेको यो ट्याक्सीमा दुई पेसेन्जर वा ६०० पाउन्ड तौलसम्मको कार्गो वोक्न सक्ने क्षमता रहेको छ । यो ट्याक्सी विद्युतबाट चल्छ भने उडाउन पाइलट आवश्यक पर्दैन । यो एक पटकमा १८ माइलसम्मको उडान गर्न सक्छ भने यसको टप स्पीड क्षतमा ८० माइल प्रतिघन्टाको छ ।
यो ट्याक्सीलाई उडान तथा ल्याण्ड गर्न रनवेको आवश्यकता पर्दैन । यसलाई घरको छत, पार्किङलगायत समथर ठाउँबाटै उडाउन र अवतरण गर्न सकिन्छ ।
कम्पनीले २०१४ देखि यो हवाई ट्याक्सीलाई ४० हजार पटक परिक्षण फ्लाइट गरिसकेको छ । कम्पनीले २०२१ मा चिनियाँ उड्डयन प्राधिकरणमा उडान प्रमाणपत्रका लागि आवेदन दिएको थियो । २०२३ अक्टोवर १५ मा इहाङले विश्वकै पहिलो एयर ट्क्यासीको रुपमा सर्टिफिकेट प्राप्त गरेको हो ।


