यस्तो छ सेगवेको ४ इलेक्ट्रीक स्कुटरको मूल्य तथा रेन्ज, तपाईको रोजाइमा कुन ?

काठमाडौं । सेगवे इलेक्ट्रीक स्कुटर बजारमा लिडिङ कम्पनी मध्येकाे एक हाे । सेगवेले बजारमा २ लाख ६० हजारदेखि नै गुणस्तरीय इलेक्ट्रीक स्कुटहरु बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा विभिन्न ४ मोडलका मोटरसाइकल उपलब्ध गराएकाे छ ।

कम्पनीले विक्री गर्ने एन १०० सबैभन्दा कम मूल्यको स्कुटर हो । एन १०० स्कुटर १.७ किलोवाटको मोटर र ७२भोल्ट २४ एम्पीयर आवरको ब्याट्री उपलब्ध छ । कम्पनीका अनुसार यो स्कुटर एक पटकको फुलचार्ज गरेपछि १०५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

त्यस्तै, कम्पनीले २ लाख ९१ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको अर्को स्कुटर ई १०० हाे । यसमा २.४ किलोवाटको म्याक्स पावर तथा १.८ किलोवाटको रेटेड मोटर उपलब्ध छ । यसमा ७२भोल्ट २० एम्पीयर आवरको ब्याट्री उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

त्यसैगरी, कम्पनीले ३ लाख ६५ हजार रुपैयाँ तोकेर ई १०० एल विक्री गर्दै आएको छ । यसमा २.४ किलोवाट मोटर रहेको छ । यसमा ७२ भोल्ट २० एम्पीयर आवरको ब्याट्री उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

कम्पनीले बिक्री गर्ने सबैभन्दा धेरै मूल्यको स्कुटरको रुपमा ३ लाख ९० हजार रुपैयाँ तोकेर ई १२५ विक्री गर्दै आएको छ । यसमा २.४ किलोवाट मोटर रहेको छ । यसमा ७२भोल्ट २७ एम्पीयर आवरको ब्याट्री उपलब्ध रहेको छ । यसलाई एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

आइ हव प्रालिले नेपाली बजारमा सेगवेका स्कुटर बिक्री वितरण गर्दै आएको छ भने विक्री पछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ ।

सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।


Back_to_top