काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम स्कुटर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले पहिलो पटक म्याक्सी स्कुटर ल्याउने तयारी थालेको हो ।
विभिन्न समयमा म्याक्सी स्कुटरको परिक्षण गरिरहेको देखिएको थियो भने कम्पनीले इआइसीएमए (इक्मा) अटो शोमा भिडा र हिरोको नयाँ स्कुटर प्रदर्शन गर्ने भएको हो ।
हिरो मोटोकर्पले हिरोको नयाँ म्याक्सी स्कुटर र भिडाको दुई इलेक्ट्रीक स्कुटर प्रदर्शन गर्ने भएको हो ।
हिरोले यसअघिनै एड्भेन्चर स्टाइल म्याक्सी स्कुटरको पेटेन्ट दर्ता गराइसकेको छ । यसमा टल विन्ड स्क्रीन, डुअल हेडलाइट सेटअप, टेलिस्कोपिक तथा ट्वीन सक एब्जर्भर सस्पेन्सन सेटअप देख्न सकिन्छ ।
यो स्कुटरले यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्ने देखिन्छ । यो स्कुटरमा हिरो एक्स्ट्रीम १६० आरको इन्जिन प्रयोग हुने अनुमान गर्न सकिन्छ । एक्स्ट्रीम १६० आरमा १६३.२ सीसी सिंगल सिलिन्डर ४ भल्भ, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १५ हर्सपावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।


