काठमाडौं । पायोनियर मोटोकर्प प्रालिले भारतमा चलिरहेको विश्वकप क्रिकेट अन्तर्गतको इङल्याण्ड र पाकिस्तान बीच हुने खेल हेर्न जानेहरु छनोट गरेको छ । निसानको आधिकारीक बिक्रेताले ‘निसान वाइ एन्ड विन’ अभियान अन्तर्गत चार भाग्यमानी विजेताहरू छनोट गरेको हो ।
कम्पनीले थापाथली शोरुममा गरेको लक्की ड्रमा तुलसीपुर दाङका प्रदीप योगी, महेन्द्र नगरका त्रिभुवन कुमार भट्ट र काठमाडौंमा सुरज मल्ल तथा काठमाडौंकै दीपेन्द्र शाह छनोट भएका हुन् ।
यी भाग्यशाली ग्राहकहरुले कोलकाताको प्रख्यात इडेन गार्डेन स्टेडियममा नोभेम्बर ११ तारिखमा हुने इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल प्रत्यक्ष हेर्न पाउने छन् ।
लक्की ड्रमा नेपालभर निसानका गाडी खरिद गरेका सबै ग्राहकहरूका लागि उपलब्ध थियो । विशेष गरी, १ सेप्टेम्बर २०२३ देखि नोभेम्बर २, २०२३ सम्म गाडी किन्ने ग्राहकले यो स्कीम पाएका थिए ।


