काठमाडौं । सन् २०२३ अगस्ट १५ तारिखमा पहिलो पटक कन्सेप्ट देखाएको महिन्द्रा थारले दोस्रो चरण पार गरेको छ । कम्पनीले भारतीय बजारमा यसको ट्रेडमार्क र प्याटेन्ट दर्तासँगै दोस्रो चरण पुरा गरेको हो ।
अब थार भारतीय बजारमा उत्पादन हुने पक्का भएको छ । कन्सेप्ट डिजाइनलाई नै धेरैले आकर्षक र अफरोड क्षमताले भरिपूर्ण हुनेभन्दै प्रशंसा गरिएको थियो ।
आर्मोड लुक्समा तयार भएको इलेक्ट्रीक थार महिन्द्राको एड्भान्स इनग्लो प्लेटफर्ममा निर्माण हुनेछ । एलइडी डीआरएल सहितको स्वायर डिजाइनमा तयार भएको एलइडी हेडल्याम्प, रगेड फ्रन्ट तथा रियर बम्पर, नयाँ बोनेट, ठूलो साइजको ह्वीलआर्कले यसलाई पृथक बनाएको छ ।
निकै मस्कुलर र बोल्ड देखिने अलोय ह्वील, ठूला अफरोड टायर, फ्ल्याट रुफ र पछाडि दिइएको डार्क सेक्सनले सिग्नेचर बक्सी प्रोफाइल प्रदान गरेको छ । ढोकामा दिइएको एक्पोज हिङ्सले यो एसयूभीलाई ‘रग्ड क्यारेक्टर’ दिन सफल भएको छ ।
थार।ईमा ठूलो साइजको टचस्कृन फुल्ली डिजिटल इन्ट्रुमेन्ट कन्सोल, स्टेरिङ माउण्ट कन्ट्रोल, ठूलो साइजको ग्रयाब ह्याण्डल दिइएको छ ।
कम्पनीले ३ र ५ डोर अप्सनमा उपलब्ध गराउने इलेक्ट्रीक थारमा दुई वटा मोटर रहने छन् । यसमा बीवाइडीको ब्लेड वा प्रिस्म्याटीक सेल जस्ता धेरै रेन्ज दिने ब्याट्री प्रयोग हुनेछ । यसको ग्राउण्ड क्लियरेन्स २५० देखि ३०० एमएमसम्म हुने बताइन्छ । थार ईभीमा २७७५ देखि २९७५ एमएम लामो हुने अनुमान गरिएको छ ।
यसमा ‘वेस्ट इनक्लास अप्रोच, डिपार्चर एङ्गल र वाटर वेडीङ क्यापाबिलीटीज’ले जस्तो सुकै अफरोडमा पनि रोमान्चक यात्रा गराउने छ । सन् २०२६ सम्ममा यसको बिक्री सुरु हुने अनुमान गरिएको छ ।


