काठमाडौं । चिनियाँ कार ब्राण्ड चेरीले कम मूल्यको इलेक्ट्रीक कार बजारमा उतारेको छ । अहिले चिनियाँ बजारमा बिक्री सुरु भएको चेरीको सानो ईभीलाई ‘न्यू लिटिल एन्ट’ नाम दिइएको हो ।
चीनमा १० हजार ६०० देखि ११ हजार ३०० डलर मूल्य तोकेर यसको बिक्री सुरु भएको छ । दुई ढोका भएको एन्ट सहर केन्द्रित ईभी हो ।
निकै स्मार्ट लुक्समा तयार भएको ईभीमा ग्रोलोजअफ फ्रन्ट ग्रिल दिइएको छ । साथै एलइडी डीआरएलको साथमा हेडल्याम्प दिएको छ ।
एन्ट मिनी कारको ड्सबोर्डमा १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, मोर्डन लुक्सको स्टेरिङ ह्वील, स्लीम एसी भेन्ट पाउन सकिन्छ ।
चेरीले न्यू लिटिल एन्टमा पावर एड्जस्टेवल ड्राइभर सिट, वायरलेस चार्जिङ, लेदरसिट, हिटेड सिट र हिटेड स्टेरिङ ह्वीलको साथमा पीएम २.५ एयर फिल्टर पनि दिएको छ ।
नयाँ कारमा भोइस कन्ट्रोल, एपबाटै रिमोट फ्ङसन गर्न सकिने एड्भान्स टेक फिचर छन् । सुरक्षाका लागि इलेक्ट्रोनीक स्टेबिलीटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर, प्रेडिस्टेरियन वार्निङ सिस्टम, क्रुज कन्ट्रोल जस्ता प्रिमियम कारमा उपलब्ध हुने फिचर छन् ।

चेरीले एन्ट कारको लम्बाई ३२४२ एमएम, चौडाई १६७० एमएम, उचाई १५५० एमएम दिएको छ । यसमा २१५० एमएमको ह्वीलवेस समेत दिइएको छ । चिनियाँ बजारमा बिक्री हुने भर्सनमा यसको ग्राउण्ड क्लियरेन्स १२० एमएम मात्रै छ ।
सरकारी स्वामित्वको चेरीले एन्ट ईभीलाई तीन फरक ब्याट्री अप्सनमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार यसमा रहेको २५.०५ किलोवाट अवारको लिथियम आयोन फस्फेट व्याट्रीले २५१ किलोमिटरको रेन्ज दिन्छ ।
अर्को २८.८६ किलोवाट आवरको टर्नरी लिथिएम ब्याट्री तथा २९.२३ किलोवाट आवरको लिथियम फस्फेट ब्याट्रीले समान ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । यसमा मोटर भने ३६ किलोवाटको छ । कारले ९५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध कारको टपस्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा छ । त्यस्तै यो कारको सबै भेरियन्टमा फास्र्ट चार्जिङ पोर्ट दिइएको छ । यसलाई फास्ट चार्जरको सहयोगमा ४० मिनेटमा ८० प्रतिशत रिचार्ज गर्न सकिन्छ ।


