काठमाडौं । बजाजले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले देशभर रहेको आधिकारिक शोरुममा एक्सचेन्ज योजना सार्वजनिक गरेको हो ।
कम्पनीले एक्सचेन्ज मेलामा नगद छुट तथा ब्याज नलाग्ने स्कीम पनि ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।
यो एक्सचेन्ज मेलामा नगदमा मोटरसाइक किन्न चाहाने ग्राहकले न्यूनतम नगद १० हजार रुपैयाँदेखि नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै, पुरानो मोटरसाइकलसँग नयाँ मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्याङ्कनमा थप १० हजार रुपैयाँ पाउने छन् ।
कम्पनीले यो एक्सचेन्ज मेलामा फाइनान्स स्कीमसमेत उपलब्ध गराएको छ । जसमा ग्राहकले ब्याज नलाग्ने स्कीममा नयाँ मोटरसाइकल खरिद गर्न सक्नेछन् । यसै, योजनामा मोटरसाइकल खरिद गर्दा ग्राहकले हेलमेट, लेगगार्ड र ब्यागसमेत निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
देशभर संचालनमा रहेको यो योजना कात्तिक १९ गतेदेखि २४ गतेसम्म लागू हुने कम्पनीले बताएको छ ।


