जुनसुकै पुराना मोटरसाइकलसँग सुपर शोको इलेक्ट्रीक बाइक साट्न सकिने, ४० हजारसम्म नगद छुट

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको अफर ल्याएको हो ।

इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको नेपालका लागि आधिकारिक बिक्रेता डि(लाइफ स्टाइलले ल्याएको एक्सचेन्ज अफरमा नगद ४० हजार रुपैयाँसम्मको छुट रहेको छ ।

यस स्कीम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नछन् । ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांङ्कनमा थप १० हजार रुपैयाँ पाउने छन् ।

यो स्कीममा सुपर शोको टीसी म्याक्स र सीपीएक्समा कम्पनीले नगद ४० हजार रुपैयाँ छुट दिने जनाएको छ भने सीयू मिनी र सीयूएक्समा २० हजार नगद छुट उपलब्ध रहेको छ । त्यस्तै, अन्य मोडलमा भने ३० हजार रुपैयाँ छुट रहेको छ ।

यसका अलावा कम्पनीले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा एक वर्षको रोड ट्याक्स, २ वर्षको निःशुल्क सर्भिसिङ, हेलमेट उपलब्ध गराउने जनाएको छ ।

सुपर शोकोका स्कुटर तथा मोटरसाइकलमा ३ वर्षको ब्याट्री वारेन्टी तथा २ वर्ष वा २० हजार किलोमिटरसम्म मोेटरमा वारेन्टि दिँदै आएको छ ।

यस्तो छ मूल्यसूची


Back_to_top