भारतमा टाटा ह्यारीयरको प्रि–बुकिङ खुल्ला, नेपालमा कहिले ?

टाटाले आफ्नो बहुप्रतिक्षित प्रिमियम एसयूभी ह्यारीयरको भारतीय बजारमा बुकिङ खुल्ला गरेको छ । यो एसयूभी भारतमा भएको अटो एक्स्पो २०१८ देखिनै निकै चर्चामा रहेको थियो ।

हिजो अक्टोबर १५ बाट बुकिङ्ग खुल्ला भएको उक्त कारलाई कम्पनीको डिलरबाट ३० हजार भारतीय रुपैयाँ जम्मा गरेर प्रि–बुकिङ गर्न सक्ने जनाइएको छ । कम्पनीले ह्यारीयरलाई ५ र ७ सिट अप्सनमा बजारमा ल्याउने छ । नयाँ ओमेगा प्ल्याटफर्ममा बनाइएको यो कारको प्ल्याटर्फम ल्यान्डरोभर डिस्कभरी स्पोर्टको एलएस५५० बाट लिइएको हो ।

टाटाले ह्यारीयरमा अल न्यू २.० लिटर क्यारोटेक डिजल इन्जिन दिएको छ । ४ सिलिन्डर इन्जिन रहेको यो गाडी कुनैपनि बाटोमा चलाउन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ ।

टाटा ह्यारीयरमा प्रिमियम क्यावीनको साथ मल्टी फिचर दिइएको बताइएको छ । नयाँ इन्फोटेन्टमेन्टका साथ हर्मन कार्डन म्युजिक सिस्टम यसमा दिइएको छ । जनवरी २०१९ बाट बजारमा आधिकारीकरुपमा आउने यो कारको मूल्य १२ लाख भारतीय रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।  

टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ह्यारीयर भारतीय बजारमा सार्वजनिक भएको केहि समयपछि नेपाली बजारमा ल्याउने जनाएको छ ।  


Back_to_top