१५ महिनामा नै टेस्लाको ब्याट्री ‘डेड’ !

काठमाडौं । अमेरिकी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्ला मोडल थ्रीको ब्याट्री १५ महिनामा नै ‘डेड’ भएको छ । अमेरिकामा एक उबर चालकले १५ महिनामा १ लाख ९३ हजार १२१ किलोमिटर चलाएपछि मोडल३ को ब्याट्री ‘डेड’ भएको हो ।

इनसाइड ईभीमा प्रकाशित समाचारका अनुसार सन् २०१९ मा बनेको मोडल ३ लाई उभर चालकले हप्ताको ६ दिन दैनिक रुपमा करिब ५०० किलोमिटर चलाएका थिए । उनले दिनको २ पटक सुपर चार्जिङ स्टेशनमा आफ्नो कार चार्ज गर्दै आएका थिए । उनको कारमा ब्याट्री डिग्रेसन निकै द्रुत गतिमा भएको थियो ।

उनले करिब १ लाख ४५ हजार किलोमिटर गुडाउँदा ११ प्रतिशत मात्रै ब्याट्री डिग्रेसन भएको थियो । तर, १ लाख ७७ हजार किलोमिटरपछि भने तिब्र गतिमा ब्याट्री हेल्थ बिग्रियो । पछिल्लो समयमा यसले १०० प्रतिशत फुल चार्जमा पनि २८० देखि २९० किलोमिटरसम्म मात्र माइलेज दिएको थियो ।

कम्पनीले ३ लाख २० हजार किलोमिटरपछि मात्रै १२ प्रतिशत ब्याट्री डिग्रेसन हुने दावी गरेको थियो । अहिले ब्याट्री नै रिप्लेस गरिएको छ । जसका लागि ९ हजार डलर खर्च लागेको थियो ।

यो कुनै एकाध घटना मात्रै हो । टेस्लाका सबै गाडीमा देखिएको समस्या होइन । अहिले पनि विश्व अटोमोवाइलमा ब्याट्रीको परिक्षण र यसमा आउन सक्ने समस्याका विषयमा लाखौं इन्जिनियरहरुले काम गरिरहेका छन् ।


Back_to_top