काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले एनटर्क १२५ ड्रम भर्सनको रातो कलर भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले अहिले संचालन गरिरहेको टीभीएस महा एक्सचेन्ज महोत्सवमा नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
नयाँ भेरियन्टमा कलरको अलावा अन्य फिचर पनि थपिएको छ । कम्पनीका अनुसार स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी दिइएको छ ।
नयाँ स्कुटर सार्वजनिक गर्दै शंकर ग्रुपका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकको उच्च मागलाई पुरा गर्न आफुहरुले रातो कलरको ड्रम भेरियन्ट ल्याएको बताए ।
टीभीएस एनटर्क ड्रममा रहेको १२५ सीसी क्षमताको इन्जिनले ९.४ पीएस पावर प्रदान गर्छ । यसमा रहेको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कुटरको लोकेसन जस्ता सूचना प्रदान गर्छ ।
स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज रहेको कम्पनीको दावी छ । ‘टि’ आकारको रियर ल्याम्पले स्कुटरलाई सजिलै चिन्न सकिने बनाएको छ ।
टीभीएस एनटर्कमा ठूला १२ इन्चको टायर दिइएको छ । बोल्ड र चंकी टायरले विभिन्न भू–भागहरूमा उत्कृष्ट पकड प्रदान गर्नेछ । स्पोर्टी स्प्लिट ग्रेबरेलले यात्रुहरूलाई राइडमा सुरक्षित बनाउने छ ।
कम्पनीले यो नयाँ भेरियन्टको मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि ब्राण्डको पुरो मोटरसाइकल तथा स्कुटर ल्याएर एक्सचेन्ज गर्दा ५० हजार थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ ।

