काठमाडौं । बीवाइडी र होजोन अटोपछि तेस्रो चिनियाँ अटोमोवाइल कम्पनी चांगनले थाइल्याण्डमा कार उत्पादन सुरु गरेको छ । चिनियाँ ब्राण्डले दक्षिण पूर्वी एशियाली बजारलाई ध्यानमा राख्दै थाइल्याण्डमा उत्पादन सुरु गरेको हो ।
चिनियाँ कम्पनीले हालै मात्र थाइल्याण्डमा नयाँ प्लाट बनाउन ‘ग्राउण्ड ब्रेकिङ सेरोमनी’ गरेको हो । ६०० एकड एरियामा फैलिएको उक्त नयाँ म्यानुफ्क्चरिङ प्लान्टमा एसेम्ली, इन्जिन एसेम्ली, ब्याट्री एसेम्लीका साथै पेन्टस् लगाएतका सबै सुविधा उपलब्ध हुनेछ ।
चांगनका अनुसार नयाँ प्लान्टको पहिलो फेजको सेटअप सन् २०२५ मा सकिने छ । यसको प्रारम्भिक उत्पादन क्षमता १ लाख यूनिट प्रति वर्ष हुने छ । कम्पनीले उक्त प्लान्ट निर्माण गर्न ५६३ मिलियन डलर लगानी गर्ने जनाएको छ ।
यसको दोस्रो फेजको निर्माणपछि बार्षिक उत्पादन क्षमता २ लाख यूनिट पूग्नेछ । उक्त प्लानमा उत्पादन भएका कारहरु आसियन क्षेत्र तथा राइटह्याण्ड ड्राइभ भएका अन्य देशमा हुनेछ ।
नेपालमा अहिले चीनमा उत्पादन भएका चांगनका सेडान कार एस्भीन र पीकअप ट्रक हन्टर बिक्री भइरहको छ । यसको आधिकारीक बितरक एमएडब्लू वृद्धिले आगामी वर्षको पहिलो क्वाटरमा चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलका एस७ र एसएल०३ लन्च गर्ने योजना बनाएको छ ।


