चार दिनपछि टाटाले ल्याउँदै २ नयाँ कार, यी हुन् विशेषता

टाटा मोटर्सले दुई नयाँ कार एकै दिन सार्वजनिक गर्ने भएको छ । कम्पनीले टाटा टियागो जेटीपी र टिगोर जेटीपीलाई यहि अक्टुबर २३ मा सार्वजनिक गर्न लागेको हो । 

जयेम अटोमोवाइलसँगको सहकार्यमा टाटाले निर्माण गरिएको यी दुबै कारलाई कम्पनीले एकै दिन सार्वजनिक गर्न लागेको हो । यी दुबै कार फेसलिफ्ट भर्सन हुन् । जसमा निकै धेरै कस्मेटिक परिर्वतन गरिएको छ । 

यसमा रिफ्रेस ब्ल्याक ग्रिल दिइएको छ भने, नयाँ बम्पर र ग्रिलमा जेटीपीको लोगो दिइएको छ । साथै १५ इन्च डायमन कट अलोय ह्वील, नयाँ एसी भेन्टजस्ता आकर्षक डिजाइनले कारलाई निकै स्पोटी बनाएको छ । 

दुबै कारमा १.२ लिटर टर्बो चार्जड ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जुन रेगुलरको तुलनमा केहि रि–टिउन गरिएको हो । जसले ५००० आरपीएममा ११० बीएचपी पावर र १५० एनएम टर्क जेनेरेट गर्छ । दुबैमा ५ स्पीड म्यानुयल गिएरबक्स दिइएको छ । 

अन्य फिचरको बारेमा खासै कुनै जानकारी नदिइएको यी दुबै कारको डिटेल जानकारी अगामी मंगलवार मात्र थाहा हुनेछ ।


Back_to_top