अचानक गाडीको ब्रेकफेल भयो ? सुरक्षीत हुन गर्नुस् यी काम

काठमाडौं । तपाईं गाडी चलाउँदै हुनुहुन्छ र अचानक तपाईंको कारको ब्रेक फेल भयो भने त्यस्तो बेला तपाई के गर्नु हुन्छ । यस्तो अवस्थामा धेरै मानिसहरू आतिने गर्छन् जसले झन ठुलो दुर्घटना निम्त्याउन सक्छ । 

यस्तो आपातकालीन स्थितिमा तपाईंले संयमताका साथ काम गर्न जरुरी छ । त्यसका लागि तपाईंलाई हामी केही टिप्स दिँदैछौं । जसले यदि तपाई कार चलाउँदा यस्तै समस्यामा पर्नुभयो भने सुरक्षित हुन सहयोग पुर्याउन सक्छ । 

गियर घटाउनुस्

यदि कारको ब्रेक फेल भएमा सबैभन्दा पहिले गियरलाई घटाउनुस् । बिस्तारै कारको स्पीड कम हुँदै जानेछ, त्यसपछि गियरलाई पहिलो ९फ्रन्ट० गियरमा ल्याउनुहोस्

लाइटहरू अन गर्नुस्

यदि तपाईं बाटोमा गुड्दै हुनुहुन्छ र तपाईंको ब्रेक फेल भयो भने आफ्नो इमर्जेन्सी लाइट र हेडलाइट अन गरी अरु ड्राइभरहरूलाई सजग गराउन हर्न बजाउनुहोस् । यसो गर्नाले तपाईंको अघि–पछि र साईडमा चल्ने गाडिहरूलाई थाहा हुनेछ कि तपाईं कुनै समस्यामा हुनुहन्छ । 

ब्रेकमा प्रेस गरिरहनुस्  

गाडीको ब्रेक पेडलमा बारम्बार थिच्नुहोस् । ब्रेकलाई दबाब दिँदा यसले पुनः काम गर्न सक्ने सम्भावना रहन्छ । 

एसीलगायत अन्य एक्सेसरिज चालू गर्नुहोस् 

कारको एयर कन्डिसनलाई सबैभन्दा चिसो तापमानमा राख्नुहोस् र फ्यानको स्पीड अधिकतम् बनाउनुहोस् । साथै, कारको सबै हेडलाइट, टेल लाइट्सहित अन्य एक्सेसरिज पनि चालू गर्नुहोस् । यसो गर्नाले गाडीको स्पीडमा केही नियन्त्रण हुनेछ । 

ह्यान्डब्रेकको प्रयोग गर्नुहोस्

गियर तल आँउदा ह्यान्डब्रेकलाई माथि ल्याउनुहोस् । तर, रियर ह्वीललाई ध्यानपूर्वक लक गर्नुहोस् किनभने यसले कारको नियन्त्रण गुमाउन सक्छ ।

स्टेयरिङ ह्वीलमा कन्ट्रोल राख्नुहोस्

कारलाई गियरमा राख्नुका साथै इग्निशन बन्द गर्नुहोस् र क्लचलाई छोड्ने प्रयास गर्नुहोस् र इञ्जिनको साथ ब्रेक लगाउनुहोस् । तर, यो केवल एकपटकमात्र गर्नुहोस् किनभने यसो गर्नाले तपाईंले स्टेयरिङ ह्वीलमा आफ्नो नियन्त्रण गुमाउन सक्नुहुन्छ । स्टेयरिङ्ग ह्वीलमा आफ्नो पूर्ण नियन्त्रण राख्नु जरुरी छ ।

कच्ची सडकमा लानुहोस् 

यदि कयौँ प्रयासपछि पनि कार रोकिँदैन भने, कच्ची, ग्रयाभेल भएको ठाउँमा गुडाउनुस् । त्यहाँ भएका रोडाले स्पीड कम गर्छ । यदि छेउमा हिलो छ भने त्यहाँ गाडी लैजानुहोस्, यसले गाडीको स्पीड पूरै कम गराउँछ । 


Back_to_top