एड्भेन्चर इलेक्ट्रीक स्कुटर ‘सीपीएक्स’, टप स्पीड १०५ किलोमिटर

काठमाडौं । अष्ट्रेलिया र चीनमा मुख्य कार्यालय रहेको भीमोटोको ‘सीपीएक्स’ एड्भेन्चर स्कुटर अहिले खुब चर्चा कमाउन सफल मोडल हो । कम्पनीले २०२३ ‘इआइसीएमए’ शोमा देखाएको सीपीएक्स स्कुटर ईभी चाहनेहरुको लागि एक महत्वपूर्ण उत्पादन मानिएको छ ।

एड्भेन्चर डिजाइनका कारण सीपीएक्सलाई धेरैले आफ्नो ग्यारेजमा देख्न चाहेको सहजै अनुमान लगाउन सकिन्छ । कम्पनीले सन् २०१६ मा पहिलो पटक ल्याएको एक्स–एड्भेन्चरको अपग्रेडेड स्वरुप भएपनि यो निकै पृथक देखिन्छ ।

इटालियन डिजाइन हाउस पीनानफेरीनाले तयार गरेको सीपीएक्स एक्सपोररमा भीमोटोले सम्पूर्ण लाइट एलइडी प्रयोग गरेको छ । एङ्गुलर बडीवर्क र अगाडि अग्लो विन्डस्कृन दिएको कारण यसले चालकलाई निकै सहज बनाउने छ ।

कम्पनीले यसमा ८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको पीकपावर ११ हर्स पावर हो । यो स्कुटरको टप स्पीड क्षमता १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जगर्दा एक पटकमा १०० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।


Back_to_top