काठमाडौं । तेलेगु फिल्म उद्योगका चर्चित अभिनेता प्रभास ‘बाहुबलि’ चलचित्रपछि निक्कै चर्चामा छन् । आज उनको जन्म दिन समेत रहेको छ । अन्य अभिनेता, सुपरस्टारलाई जस्तै प्रभासमा पनि कारको निक्कै शोख रहेको छ । उनीसँग संकलित कारको सुचि यस्तो छ ।
स्कोडा सुपर्भ
प्रभासको ग्यारेजमा संग्रहित लग्जरी कार स्कोडा सुपर्भ भारतीय बजारमा २५ लाख देखि ३० लाख रुपैयाँमा बिक्री वितरण भैरहेको छ । यो कार पेट्रोल, डिजेल दुई इन्जिन अप्शनमा उपलब्ध छ ।
बिएमडब्ल्यु एक्स थ्रि
प्रभास बिएमडब्ल्युको लग्जरी कार एक्स थ्री चढ्ने गर्छन् । भारतीय बजारमा यसको मुल्य ४५ लाख देखी ५० लाख भारु रहेको छ । यसमा २ हजार सिसीको इन्जिन लगाइएको छ । यसले २४४ बिएचपी पावर उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार समात्न ८.१ सेकेन्डको समय लगाउँछ ।
ज्यागुअर एक्सजे
ज्यागुअरको प्रिमीयम सेडान प्रभासको ग्यारेजमा संकलीत छ । यसको मुल्य करिब १ करोड भारु रहेको छ । कारमा २.० लिटरको टर्बाेचाज्र्ड पेट्रोल इन्जिन दिइएको छ । भने, ३.० लिटर भि ६ डिजेल इन्जिनको बिकल्प उपलब्ध छ ।
रेन्ज रोभर
प्रभासको फेभरेट सुचीमा परेको कार हो, रेन्ज रोभर । यसको मुल्य ४ करोड भारु रहेको छ ।
रोल्स रोयस फ्यान्टम
भारतीय बजारमा यो कारको मुल्य ७ देखि ८ करोडसम्म रहेको छ । प्रिमीयम लग्जरी कार फ्यान्टममा ६.८ लिटरको भि १२ इन्जिन लगाएको छ ।यसले ४३५ बिएचपी पावर उत्पादन गर्छ । यसमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।


