काठमाडौं । बैद्यज् अर्गनाइजेनश अफ इन्ट्रीज एण्ड ट्रेडिङ हाउस (भोइथ)ले आफ्नो स्थापनाको ६० वर्ष पुरा गरेको छ । कम्पनीले आफ्नो ६ दशक लामो यात्रामा आरोह अवरोहसँगै अनेकन शासन ब्यवस्था देख्यो ।
भोइथ स्थापना भएको ६० वर्ष पुरा भएपनि उसको आधिकारीक कारोबार भने टोयोटाको आधिकारीक बिक्रेताको रुपमा भएको थियो । भोइथको ट्रेडिङ कम्पनी यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको नामबाट टोयोटाको आयात सुरु भएको थियो । करिब ५७ वर्ष पहिला टोयोटा नेपाल आएको हो ।

दक्षिण एशियामा सबैभन्दा पहिला नेपाल आएको जापानी ब्राण्ड टोयोटाले बैद्यज् अर्गनाइजेशनको ग्रोथमा त योगदान दियो नै नेपालको यातायात क्षेत्रमा पनि निकै ठूलो सहयोग गर्यो । अहिले पनि टोयोटा कठिन भूभागको लागि सबैभन्दा सुरक्षीत साधन मानिन्छ ।
टोयोटासँगै चिया, ह्याचरी, मत्सेपालन, शिक्षा, बीमा जस्ता क्षेत्रमा भोइथले लगानी विस्तार गर्दै गयो । संस्थापक चेयरम्यान स्वर्गिय गजानन्द बैद्यपछि कम्पनीको बागडोर प्रसिडेन्टको रुपमा सुरज बैद्यले सम्हालेका छन् । उनको नेतृत्वमा कम्पनीले देशकै ठूलो मध्यको एक हुवासिन सिमेन्टमा लगानी बिस्तार गरेका छन् । चीनको बैदेशिक लगानी रहेको हुवासिन सिमेन्टले नेपालको सिमेन्ट बजारमा बिस्तार पहुँच विस्तार गर्दै गएको छ ।
अहिले संस्थापक बैद्यका छोरा हुँदै कारोबारमा तेस्रो पुस्ता सक्रिय हुन थालेको छ । सुरज बैद्यका छोरा शूर्यांस बैद्य र छोरी सुवाना बैद्यले आफ्ना हजुरबुबा र बुबाको पथ पच्छाउँदै ब्यवसायमा हात हालेका छन् ।
शूर्यांसले अटोमोवाइल क्षेत्रमा नै सक्रियता देखाएका छन् । बैद्य इनर्जी नामक कम्पनी स्थापना गरेर उनले विद्युतीय सवारीसाधन आयात सुरु गरेका छन् । नेपालमा विद्युतीय साधनको ठूलो नेटवर्क तयार पारेर अगाडि बढ्ने योजना अनुसार उनले एथर ब्राण्डका स्कुटर नेपाल ल्याएको बताएका छन् ।
उनि भन्छन्, ‘हजुरबुबाले ५७ वर्ष अगाडि टोयोटा नेपाल ल्याएर निजी सवारी र सार्वजनिक यातायातको क्षेत्रमा ठूलो काम गर्नु भएको थियो । अव बिद्युतीय साधनमा केही गर्नु पर्ने अवस्था आएकाले म अगाडि बढेको हुँ ।’

सुरुदेखि नै ‘हस्पीटाली’ क्षेत्रमा चासो र त्यसमै अध्ययन पुरागरेर ब्यवसायमा होमीएकी सुवाना बैद्य चीतवनमा लग्जरी बुटिक होटल बनाउन लागि परेकी छिन् । उनले नेपालको नेचुरल रिसोर्स र वातावरणीय विविधतालाई समेटर देशमा होटलको चेन निर्माण गर्ने अठोट लिएकी छिन् ।
अहिले चीतवनमा करिब १२ बिगाह जमिनमा उनि लग्जरी रिसोर्ट निर्माणमा जुटेकी छिन् । वाइल्ड लाईफ जीवन चाहनेहरुको लागि ध्यानमा राखेर उनले ‘सास्वता’ नामबाट रिसोर्ट निर्माण गरिरहेकी हुन् । त्यसको लागि उनले भारतीय लग्जरी रिसोर्ट संचालन गर्ने ‘पोष्टकार्ड’ ग्रुपसँग साझेदारी भएको बताइन् ।

