गाडी निर्यात गर्न बीवाइडीको आफ्नै जहाज, एक पटकमा ७ हजार कार बोक्ने

काठमाडौं । बीवाइडीले ‘रोरो भेसल एक्सप्लोरर–१’ पानी जहाज खरिद गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बीवाइडीका कार निर्यात गर्न आफ्नै जहाज खरिद गरेको हो ।

बीवाइडीले यसको ७ दिने समुन्द्रिक परिक्षण गरेसँगै यसको घोषणा गरेको हो । ‘रोरो भेसल एक्सप्लोरर–१’ले एक पटकमा ७ हजार ७ सय गाडी बोक्न सक्ने क्षमता राख्ने बताइएको छ ।

यो विशाल पानी जहाजबाट केही दिनमा नै गाडी ओसारपसार सुरु हुने कम्पनीले जनाएको छ । जहाजको लम्बाई २०० किटर र चौडाई ९ मिटर छ । जहाजको टप स्पीड क्षमता प्रतिघण्टा ३४.३ किलोमिटर रहने बताइएको छ ।

नेचुरल एलएनजी फ्यूलबाट समेत चल्ने दुई फ्यूल प्रपोजीसन सिस्टम रहेको यो जहाजमा पहिलो पटक ब्याट्री सिस्टम र साफ्ट जेनेरेटरको प्रयोग भएको छ ।

यसको डिजाइनमा इनर्जी सेभिङ फिचरहरु इनर्जी इफिसियन्ट सर्भिस, ड्रयाग रिड्यूसिङ मेजर्स तथा एन्टी फ्यूलिङ पेन्ट्सको प्रयोग गरिएको छ ।

बीवाइडीले आठ वटा यस्ता रोरो जहाज अर्डर दिने योजना सार्वजनिक गरेको थियो । बीवाइडीले ७ हजार ७ सय कार अटाउने यस्ता जहाजहरुमा ५ बिलियन युवान लगानी गर्ने योजना सार्वजनिक गरेका थियो ।

चाइनीज न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीका गाडीहरु विश्वभर माग बढ्दै गएकाले कम्पनीले आफ्नै जहाज मार्फत निर्यात गर्ने योजना बनाएको हो । पछिल्ला महिनाहरुमा कम्पनीले औषत प्रति महिना ३० हजारभन्दा धेरै संख्यामा गाडीहरु निर्यात गरिरहेको छ । जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा बीवाइडीले २ लाख ६ हजार ६७९ यूनीट ईभी निर्यात गरिसकेको छ ।


Back_to_top