काठमाडौं । जापानी दुई पाङ्ग्रे निर्माता कम्पनी होन्डा नेपालमा सफल ब्राण्ड हो । स्कुटर र मोटरसाइकलमा अलग पहिचान निर्माण गरेको होन्डाले अहिले पनि २ लाख ८ हजार ९०० मूल्य पर्ने मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
कम मूल्य, उत्कृष्ट माइलेज र आकर्षक डिजाइनका लागि होन्डाका साना मोटरसाइकल परिचित छन् । होन्डाले ल्याएको साइन, सिबी साइन, यूनिकर्न जस्ता मोडल मूल्य, माइलेज र डिजाइनकै कारण लोकप्रिय भएका हुन् ।
विश्वभर कोभिड १९ को प्रभावसँगै मोटरसाइकलको मूल्य तिव्रगतिमा वृद्धि भयो । त्यहि क्रममा होन्डा साइन र यूनिकर्न जस्ता मोडल निकै महंगो मूल्य तिर्नु पर्ने अवस्थामा पुगे पनि सिडी १०० ड्रिम्स डिलक्स भेरियन्ट अहिले पनि २ लाख ८ हजार ९०० रुपैयाँमा किन्न पाइन्छ ।
यसलाई मासिक किस्ता तिर्नेगरी किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । त्यो भनेको सुरुमा १ लाख ४ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ । त्यसपछि बीमा र नामसारी वापतको रकम कम्पनीले पहिल्यै लिने भएकोले अर्को ६ हजार हाराहारी खर्च हुन्छ ।
होन्डाले नियमित किस्ता तिर्ने ग्राहकलाई १३ प्रतिशत हाराहारीमा कर्जा उपलब्ध गराउँदै आएको छ । सिडी ११० किन्ने मानिसले १ लाख ४ हजार ४५० रुपैयाँ कर्जा सुविधा लिनु पर्छ । त्यसलाई २४ किस्तामा तिर्दा ४ हजार ९६० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्दा पुग्छ ।
यस्तो छ सिडी ११०
होन्डाको ईको टेक्नोलोजीमा आधारीत यो मोटरसाइकलमा १०९ सीसी क्षमताको फोर स्टोक इन्जिन रहेको छ । यसलाई ग्राहकले विभिन्न ४ कलर भेरियन्टमा खरिद गर्न सक्ने छन् ।
निकै लामो सिट रहेको यो मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि आरामदायी यात्रा गर्न सक्ने छन् । सेल्फ र किक दुबै माध्यमबाट स्टार्ट गर्न सकिने यो मोटरसाइकल उत्कृष्ट माइलेजको लागि परिचित रहेको छ ।
यसमा रहेको इन्जिनले अधिकतम ७५०० आरपीएममा ८।२५ बीएच पावर र ५५०० आरपीएममा ८।६३ एनएम टर्क प्रदान गर्ने छ । यसमा ८ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको छ ।
मोटरसाइकमा ४ स्पीड गियरबक्स रहेको छ भने उच्चगति क्षमता ८६ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।
डायमण्ड फ्रेममा तयार भएको हो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्शन दिइएको छ ।
१७९ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलको लम्बाई २००९ एमएम, चौडाई ७३७ एमएम, उचाई १०७४ एमएम र ह्वील वेस १२५८ एमएम रहेको छ ।

