रेन्ज रोभर ईभीमा भी८ इन्जिन बराबरकै पावर हुने

काठमाडौं । वेलायती लग्जरी एसयूभी निर्माता ल्याण्ड रोभरको प्रिमियम मोडल ‘रेन्ज रोभर’ इलेक्ट्रीकमा आउने भएको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै ईभी तयार भएको जनाउ दिएको हो ।

सन् २०२४ को सुरुवातबाटै बिक्री गर्ने तयारी गरिरहेको रेन्ज रोभर ईभीको पर्फमेन्स भी८ इन्जिन भएको फ्ल्यागसिप एसयूभी कै जस्तो हुने बताइन्छ ।

रेन्ज रोभरको ब्याट्री इलेक्ट्रीक मोडल यसको कम्बस्चन इन्जिन मोडल कै बेसमा बनेको छ । तर, कम्पनीका इन्जिनियरहरुका अनुसार रेन्ज रोभर ईभी अहिलेसम्म कै ‘क्यूटेस्ट र मस्ट रिफाइन्ड’ डिजाइनमा आधारित रहने छ ।

पहिलो ब्याट्री इलेक्ट्रीक रेन्ज रोभर कम्पनीको एमएलए प्लेटफर्ममा निर्माण भएको हो । जुन हाइब्रिड र ईभी दुबै न्यू इनर्जी टेक्नोलोजीमा आधारित रहने छ ।

रेन्ज रोभर ईभी ८०० भोल्ड आर्किटेक्चरमा निर्माण भएको छ । यसले अल्ट्रा फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ । रेन्ज रोभरको ईभी स्वीडेनको चीसो र दुवईको गर्मीमा सडक परिक्षण गरिएको तस्बिरहरु बाहिर आएका थिए ।

रेन्ज रोभर ईभीमा दिइएको इलेक्ट्रीक मोटरको बारेमा कुनै जानकारी बाहिर आएको छैन । यसमा टोइङ, वेडिङ तथा अल टेरेनको क्षमता सहित ८५० एमएमसम्म गहिरो पानी भएको स्थानमा गुडाउन सकिनेछ ।

रेन्ज रोभर ईभीको बीएमडब्लु आईएक्स, मर्सिडीज बेन्ज इक्यूएस एसयूभी जस्ता लग्जरी कारहरुसँग प्रतिस्पर्धा हुनेछ ।


Back_to_top