काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ अभियान संचालन गरेको छ । कम्पनीले चलाएको यो अभियानले चालक काम गर्न विदेश जानलागेका युवाहरुलाई नेपालमा नै स्वरोजगार बनाउने लक्ष्य लिएको हो ।
यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । यसलाई उपभोग गर्नेहरुले नेपालमै बसेर परिवारसँगै आयआर्जन गर्ने र स्वावलम्बी बन्न सक्नेछन् ।
सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालका अनुसार अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुनेछ ।
सिप्रदी ट्रेडिङ्गले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन । यसअघि कोभिड १९ संक्रमणको बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान संचालन गरेको थियो ।
बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल विजनेस यूनिटका सहायक जीएम दिवसबाबु सुवेदीले बताए ।
कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि ग्राहकले सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

