काठमाडौं । लाइट कमर्शियल सेग्मेन्टमा चांगनको केवाइसी भ्यानको आयात सबैभन्दा धेरै भएको देखिन्छ । मंसिर महिनाको आयातको आधारमा केवाइसीका विद्युतीय भ्यान अन्य ब्राण्डको तुलनामा निकै धेरै आयात भएको देखिन्छ ।
बजारमा केवाइसी, किङलङ, एसआरएम, डाँफे, फोटोन, हाइगर लगायतका ब्राण्डले विद्युतीय माइक्रो भ्यान उपलब्ध गराएपनि मंसिरको आयात तथ्यांक अनुसार केवाइसी र फोटोनका मात्रै भ्यानहरु आयात भएका छन् ।
मंसिरमा सिजी मोटर्सले बिक्री गर्दै आएको केवाइसी भ्यान १४० यूनिट आयात भएको छ । कम्पनीको आयात फोटोनकोभन्दा निकै धेरै छ । फोटोनले मंसिर महिनामा माइक्रो बस र अन्य गरेर ३० यूनिट आयात गरेको देखिन्छ ।
समग्रमा मंसिर महिनामा १७० यूनिट लाइट कमर्शियल इलेक्ट्रीक साधन नेपाल आयात भएका छन् ।

