कियाले ल्याउने भयो नयाँ एसयूभी, यस्तो राख्यो नाम

kia suv
शांकेतिक तस्बिर

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले सवफोर मिटर सेग्मेन्टमा नयाँ एसयूभी ल्याउने भएको छ । अहिले ‘एवाई कोड नेम’ भएको मोडल ल्याउने घोषणा गरेको हो ।

कियाले आफ्नो नयाँ सबफोर कम्प्याक्ट एसयूभी लाइफ स्टाइल प्रोडक्ट हुने जानएको छ । यसको नाम ‘क्लाभीस’ हुनेछ । यसलाई कम्पनीले रगेड फिचरसहित बक्सी लुक्समा तयार गर्न लागेको हो ।

कोरियन निर्माताले क्लाभीस एसयूभीलाई पेट्रोलियम पदार्थ, हाइब्रिड र इलेक्ट्रीक तीन वटै पावर अप्सनमा ल्याउने छ । भारतमा बनिरहेको यो एसयूभी नेपालको लागि पनि उपयोगी हुनेछ ।

कियाले सन् २०२४ को अन्त्यबाट यसलाई बजारमा उतार्ने छ । यसको आधिकारीक बिक्री भने सन् २०२५ को सुरुवातसँगै हुनेछ । कम्पनीले सुरुमा पेट्रोलियम पदार्थबाट चल्ने भर्सन सार्वजनिक गर्नेछ । त्यसपछि हाइब्रिड र ईभी आउने छ ।

कियाले अहिले भारतमा उत्पादन र बिक्री गर्दै आएको सोनेट र सेल्टोसको बीचमा राखेर यसलाई बिक्री गर्ने देखिन्छ ।


Back_to_top