फक्सवागेनले आफ्नो बहुप्रतिक्षित कम्प्याक एसयूभी टी–क्रसलाई विश्व वजारमा सार्वजनिक गरेको छ । कम्पनीले नेदरल्यान्डको एम्स्टर्डम, चीनको संघाई र ब्राजिलको साउपाउलो सहरबाट एकैसाथ वल्र्ड प्रिमियर गरेको हो ।
मस्क्युलेन डिजाइनमा ल्याईएको बुच लुकिङ फक्सवागेन टि–क्रस कम्प्याक एसयूभी सेग्मेन्टमा ल्याइएको हो । जसको लम्बाई ४१०७ एमएम रहेको छ भने, चौडाई १७५० र उचाई १५५८ एमएम रहेको छ । यसको ह्वील वेस २५६३ एमएम रहेको छ ।
लामो ह्वील वेस २६५१ एमएम भर्सनमा पनि उपलब्ध यो एसयूभीको लम्बाई ४१९९ र उचाई १५६८ एमएम रहेको छ । यो नयाँ मोडलको कम्प्याक एसयूभीलाई कम्पनीले छैटौ जेनेरेशनको पोलो निर्माण गरेको प्ल्याटर्फममा नै उत्पादन गरेको हो ।
८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको एसयूभीमा वायरलेस चार्जर, यूएबी पोर्ट, ३०० वाटको बिट साउन्ड सिस्टम, ८ च्यानल एप्म्लीफायर र डियुल टोन कलरले सजाइएको इन्टेरियर रहेको छ ।
यो कम्प्याक एसयूभीलाई आर्कषक बनाउन कम्पनीले लामो र फ्ल्याट आकरमा फुल एलइडी हेडल्याम्प दिएको छ भने, वाइड रेडिएटर ग्रिलको प्रयोग गरेको छ । निकै पावरफुल स्पोइलर, रि–साईज फ्रन्ट फगल्याम्प, १८ इन्च अलोय ह्वील, ब्ल्याक ट्रिम प्यानल र एलइडी टेल लाइटले यसलाई निकै आकर्षक बनाएको छ ।
यसमा ३८५ देखि ४५५ लिटर क्षमताको बुट स्पेश रहेको छ । ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको एसयूभीमा वायरलेस चार्जर, यूएबी पोर्ट, ३०० वाटको बिट साउन्ड सिस्टम, ८ च्यानल एप्म्लीफायर र डियुल टोन कलरले सजाइएको इन्टेरियर रहेको छ ।
कम्पनीले यसलाई ४ इन्जिन अप्सनमा बजारमा ल्याएको छ । जसमा पहिलो १.० लिटर टिएसआई पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ९५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियर बक्स दिइएको छ ।
दोस्रो १.० लिटर टिएसआई पेट्रोल इन्जिन जसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी ट्रान्समिसन दिइएको छ । जसले ११५ पीएस पावर र २०० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ ।
तेस्रो १.५ लिटर टिएसआई पेट्रोल इन्जिन दिइएको छ, जसमा डिएसजी ट्रान्समिसन जडान गरिएको छ । उक्त इन्जिनले १५० पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।
चौथो १.६ लिटर टीडीआई ५ स्पीड म्यानुयल र ७ स्पीड डीएसजी ट्रान्समिसन दिइएको छ । जसले ९५ पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ ।
कम्पनीले २०१९ अप्रिलबाट जर्मनीमा यसको बिक्री वितरण सुरु गर्ने जनाएको छ । भारतीय र नेपाली बजारमा भने यो एसयूभी २०२० बाट मात्रै बिक्री वितरण हुने अनुमान गरिएको छ ।

