प्रतिघन्टा १०३ किमीको रफ्तारमा कुद्ने टीभीएसको नयाँ स्कुटर आउँदै

नयाँ-नयाँ मोटरसाइकल र स्कुटर उत्पादन गर्दै युवा पुस्तामा निकै चर्चित बन्दै गएको टीभीएस मोटरले १०३ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्ने नयाँ स्कुटर ग्रेफाइट बजारमा ल्याउने तयारी गरेको जनताएको छ । 

केही समय अगाडि ब्लूटुथ फिचरसहितको स्मार्ट स्कुटर एनटर्क सार्वजनिक गरेको टीभीएस कम्पनीले पुनः युवापुस्तालाई आकर्षित गर्न स्टाइलिस ग्रेफाइट स्कुटर ल्याउने जनाएको हो ।

युवापुस्ताको माग र रुचीअनुसारको स्कुटर, बाइक निर्माण गर्दैआएको टीभीएस कम्पनीले २०१८ को अन्त्य वा २०१९ को सुरुवातमा स्टाइलिस ग्रेफाइट स्कुटर सार्वजनिक गर्ने योजना बनाएको  हो । 

पछिल्लो दिनमा टीभीएसका उत्पादनले राम्रो बजार लिदै आएको छ । कम्पनीले ल्याएको अपाची आरटीआर २००–४भी, अपाची १६०–४भी र एनटर्कले निकै राम्रो बजार लिन सफल भएको छ । 

दिल्ली मोटर–शो, २०१८ मा कम्पनीले ग्रेफाइट स्कुटरको अफिसियल टिजर सार्वजनिक गरिएको थियो । टीभीएस विशेषतः युवपुस्तालाई मध्यनजर गर्दै मोटरसाइकल र स्कुटर निर्माण गर्ने काममा जुटेको कम्पनीले जनाएको छ । यो स्कुटरमा नेभिगेशन सिस्टम तथा स्मार्टफोन इन्टीग्रेशन, कल अलर्टको अलवा इन्स्टुमेन्ट क्लस्टरको विशेषता उपलब्ध हुने छ ।

१५० सीसी एयरकुल्ड इन्जिनमा आउने यो स्कुटरले ११.५ बीएचपी पावर दिन्छ ।


Back_to_top