काठमाडौं । भारतमा रेनो-निसान एलायन्सले आगामी ३ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने योजना अनुसार काम गरिरहेको छ । यी दुबै कम्पनीले आफ्नो भारतीय बजार लक्षित रणनीति सार्वजनिक गर्दै १० नयाँ मोडल ल्याउने भएका हुन् ।
यी दुई कम्पनीले नयाँ प्रोडक्टको उत्पादन र विकासका लागि थप लगानी समेत बढाउने भएका हुन् । अहिले रेनोले क्वीड, ट्राइबर र काइगर मोडल भारत लक्षित गरेर उत्पादन गर्दै आएको छ ।
त्यस्तै निसानले म्याग्नाइट मोडलको सहायता लिएर भारतमा टिक्न सफल भएको छ । अब कम्पनीले म्याग्नाइट फेसलिफ्ट सहित कम्तीमा ४ नयाँ मोडल बजारमा उतार्नेगरी काम गरिरहेको छ ।
रेनोले सन् २०२५ सम्ममा कम्प्याक्ट मिडसाइज एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने गरी नयाँ जेनेरेशन डस्टर ल्याउने छ । अर्को ७ सिट क्षमताको एसयूभी पनि रेनोले ल्याउने छ । यी दुबै मोडल ‘सीएमएफ बी आर्किटेक्चर’मा तयार हुनेछ ।
निसानले ट्राइभर एमपीभीमा आधारित रहेर नयाँ मोडल ल्याउने छ । त्यस्तै रेनो निसान एलायन्सले भारतमा छिटै इन्ट्री लेभलमा इलेक्ट्रीक भेहिकल सार्वजनिक गर्ने जनाइएको छ ।
दुबै ब्राण्डले ल्याउने सानो ईभी रेनो क्वीड र निसान माइक्रामा आधारित हुनेछन् ।


