काठमाडौं । जापानी कार निर्माता होन्डाले सब फोर मिटर एसयूभीको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले जनवरी १२ देखि १४ सम्म आयोजना हुने ‘टोकियो अटो सलोन २०२४’मा ४ मिटरभन्दा छोटो एसयूभीको कन्सेप्ट देखाउन लागेको हो ।
भारतीय बजारमा बिक्री हुँदै आएको डब्लूआर-भीको विकल्पमा आउने नयाँ एसयूभी धेरै हदसम्म होन्डा एलिभेट एसयूभीमा आधारित रहेर आउने छ । कम्पनीले यसको उत्पादन पनि भारतको राजस्थानमा रहेको प्लान्टबाट गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
नयाँ एसयूभीको विषयमा कम्पनीले धेरै कुरा बाहिर ल्याएको छैन । सम्भवत यसलाई पनि एलिभेटको जस्तै १.५ लिटर इन्जिनमा होन्डाले ल्याउने छ । उक्त इन्जिनले अधिकतम १२१ पीएस पावर र १४५ एनएम टर्क प्रदान गर्नेछ ।

