काठमाडौं । बजाज चेतक इलेक्ट्रीक स्कुटरले १ लाख यूनिटको माइलस्टोन पूरा गरेको छ । बजाजको एकमात्र इलेक्ट्रीक स्कुटर हालसम्म १ लाख यूनिट बिक्री भएको हो ।
जनवरी २०२० मा पहिलो पटक सार्वजनिक भएको इलेक्ट्रीक स्कुटर चेतक ४७ महिनामा १ लाख ४ हजार २०० यूनिट बिक्री भएको हो ।
बजाजले २०२३ अप्रिलदेखि नोभेम्बरसम्म ६२ हजार ९९१ यूनिट बिक्री गर्न सफल भएको छ । बजाज चेतकले टीभीएस आइक्यूबसँग प्रतिस्पर्धा गर्नेछ । बजाज चेतमा ५०.४ भोल्ट ५७.२४ एम्पियर आवरको लिथियम आयोन ब्याट्री पाउन सकिन्छ ।
कम्पनीले चेतकमा ४.२ किलोवाट पीक पावर भएको मोटर दिएको छ । कम्पनीका अनुसार चेतकले सिंगल चार्जमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।
चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलईडी डीआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलईडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । स्प्लीट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटूथ कनेक्टीभिटीको फिचर दिइएको छ । क्लष्टरमा नै फोन कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले नेपाली बजारमा आकर्षक मूल्यमा चेतक ल्याउने तयारी गरिरहेको छ । बजाजले आइसीइ इन्जिन भएका स्कुटरको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी बजाजका ईभी ल्याउने तयारी गरेको छ ।


