काठमाडौं । रोयल इन्फिल्डले नयाँ हिमालयन ४५० मोटरसाइकलका लागि विभिन्न एशोसरिजहरु सार्वजनिक गरेको छ । कम्पनीले एड्भेन्चर मोटरसाइकल विक्री सुरु गर्नु अघि एशोसरिजहरु सार्वजनिक गरेको हो ।
कम्पनीले मोटरसाइकललाई टूरिङ्ग फ्रेन्डली बनाउनका लागि ९०० रुपैयाँदेखि मूल्यका विभिन्न एसोसरिज सार्बजनिक गरेको हो ।
अल-न्यू हिमालयन ४५० रोयल इन्फिल्डको सबैभन्दा ठुलो इभेन्ट मोटोभर्स २०२३ मा सार्बजनिक गरेको थियो । सार्बजनिक पहिले हिमालयन ४५० लाई इटालिमा भएको ‘इक्मा अटो शो २०२३’मा समेत प्रदर्शन गरेको थियो ।
कम्पनीले भारतीय बजारमा मोटरसाइकल बिक्री सुरु गर्नु पूर्व पेनियर्स, टपबक्स, पेनियर रेल्स, टपबक्स माउन्ट, वीन्डस्क्रिन र सिंगल पिस सिट जस्ता एशोसरिज ल्याएको हो ।
त्यस्तै, अन्डरबेली प्रोटेक्सन, ह्यान्डलबार प्याड, नकल गार्ड, सिंगल पिस र्याली सीट, टेपर्ड ह्यान्डलबार, रियर र्याली मडगार्ड र एक्सटेन्डेड र्याली गियर लिबर पनि एशोसरिज अन्तर्गत ल्याएको हो ।
अन्य एसोसरिजको रुपम रिभर भ्यू मिरर, इन्जिन गार्ड, हेडलाइट ग्रिल, रेडिएटर गार्ड, फेन्सि आयल फिलर क्याप, एलइडी फग लाइट र टेल लाइट समावेश छन् ।
रोयल इन्फिल्डको नयाँ हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्ब इन्जिन रहेको छ । उक्त इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ ब्रेकहर्स पावर र ५५०० आरपीएममा ४० एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचेवल एबीएस, स्लीपर एसिस्ट क्लच, युएसडी र मोनोसक सस्पेन्सन र युएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।


