एक्सयूभी-४०० मा थपियो एक दर्जन नयाँ फिचर

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी-४००’ अपग्रेड हुने समाचार निकै अगाडि आएको थियो । अब भने यसमा भएको अपग्रेड फिचर पनि सार्वजनिक भएको हो ।

महिन्द्राले अपग्रेड गरेको एक्सयूभी-४०० मा एक दर्जन पति फिचर इन्टेरियरमा पाउन सकिन्छ । यसको बाहिरी डिजाइन र टेक्नीकल पार्टस्मा परिमार्जन गरेको छैन ।

यसमा देखिने गरी भएको परिमार्जन इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टरमा हो । दुबै १०.२५ इन्चको डिजिटल डिस्प्लेसहित आउने भएको हो । कम्पनीले यसमा एड्रोनक्स सफ्टवयर दिएर ल्याएको छ ।

त्यसको अलावा ड्यूल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, रियर एसी भेन्ट, रियर यूएसबी पोर्ट, ड्यूल टोन ड्यास बोर्ड र नयाँ फ्ल्याट बटम स्टेरिङ ह्वील पाउन सकिन्छ ।

महिन्द्राले यसमा ३४.५ किलोवाट आवर र ३९.४ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा यसलाई ल्याउने छ । यसअघि पनि यहि ब्याट्री उपलब्ध थियो । एआरएआईले सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

अहिले कम्पनीले यसको रियल वर्ल्ड रेन्ज भनेर सानो ब्याट्रीको २५० किलोमिटर र ठूलो ब्याट्रीको २९० किलोमिटर रहने बताएको छ ।


Back_to_top