काठमाडौं । सिट्रोनको पेट्रोल तथा इलेक्ट्रीक मध्ये जुनसुकै कार किने पनि नगद छुट पाइने भएको छ । साँग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ स्कीममा ग्राहकलाई छुट दिने भएको हो ।
यस योजना अन्तर्गत ग्राहकले सिट्रोन सिट्रोन सि-३ मोडलको इलेक्ट्रीक र पेट्रोल भर्सन उपलब्ध गराएको छ । जसमा पेट्रोल सि-३ किन्ने २ लाखसम्म र इलेक्ट्रीक किन्नेले १ लाख रुपैयाँसम्म छुट पाउने छन् ।
सिट्रोन सि-३ को पेट्रोल भर्सनमा १.२ लिटर क्षमताको इन्जिन दिइएको छ । इलेक्ट्रीक भर्सनमा भने २९ किलोवाट आवर क्षमताको ब्याट्री साइज छ । पावरमा पेट्रोल भर्सन अगाडि छ ।
नयाँ वर्षको स्कीममा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन् ।
यसबाहेक ग्राहकहरूले नगद छुट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् । यो न्यू इयर बोनान्जा स्कीम सिट्रोनको नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरुबाट प्राप्त गर्न सकिने छ ।


