अमेरिकन उपभोक्ताको रोजाइमा परेका विश्वसनीय १० कार, एउटै ब्रान्डका सात मोडल

गत बुधबार अमेरिकी बजारमा कन्जुमर रिपोर्ट सार्वजनिक भयो । उक्त रिपोर्टमा अमेरिकी बजारमा उपलब्ध सबैभन्दा विश्वसनीय १० कारको सूची सार्वजनिक गरेको छ । करिब ५ लाख सवारीसाधानका चलाक वा सवारीसाधनका मालिक सहभागि भएर गरिएको सर्वेक्षणले यी दश कारलाई विश्वसनीय कारको सूचीमा राखेको हो ।

उपभोक्ताको रोजाईमा मोष्ट रिलायवल ब्रान्डको सूचीमा टोयोटाका सबैभन्दा धेरै  सातकारहरु परेका छन् । जसमध्ये कम्पनीको लेक्सस्–जीएक्स एसयूभी पहिलो स्थानमा परेको छ । सर्भेमा लेक्ससले १०० मा ७८ प्र्रतिशत अंक पाएको थियो भने समग्र टोयोटा कम्पनीले ७६ प्रतिशत अङ्क पाएको थियो । 

रिपोर्टमा लेक्सस् प्राविधिकरुपमा सहज र विश्वासिलो कार भएको बताइएको छ । अमेरिकन कम्पनीद्वारा उत्पादित कुनै पनि कार सो सूचीमा परेका छैनन् । त्यस्तै, विश्वासिलो कारको सूचीमा माज्दा, किया र होन्डा कम्पनी परेका छन् । 

सूचीको दोस्रो स्थानमा टोयोटाको प्रियस–सी कार परेको छ भने क्रमशः तेस्रोमा टोयोटा प्रियस टाइम, चौथोमा माज्दा–एमएक्स–माइटा, पाँचौं स्थानमा टोयोटा–कोरोला रहेको छ । 

विश्वसनीय कारको छैठौं नम्बरमा लेक्सस्–एनएक्स, सातौं नम्बरमा टोयोटा प्रियस, आठौं नम्बरमा होन्डा फिट परेको छ भने नवौं नम्बरमा किया–सेडोना परेको छ । जापानी कार निर्माता कम्पनी टोयोटाको एसयूभी हाइल्यान्डर सबैभन्दा विश्वासिलो कारको १० औं नम्बरमा परेको छ ।


Back_to_top