२०२४ को मध्यसम्ममा आउँदै छ बजाजको सबैभन्दा पावरफुल मोटरसाइकल

AI-generated images

काडमाडौं । बजाज एनएस सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल २०२४ को मध्यसम्मा सार्वजनिक हुने भएको छ । बजाज अटोले पल्सर एनएस ४०० ल्याउने तयारी थालेको हो ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज अटोले २०२४ को मध्यसम्ममा एनएस २०० भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले नेकेड स्पोर्टस मोटरसाइकल सेग्मेन्टमा एनएस १२५, एनएस १६० र एनएस २०० उत्पादन गर्दै आएको छ । कम्पनीले ल्याउने एनएस ४०० भने बजाज डोमिनार ४०० को इन्जिनमा हुने अनुमान गरिएको छ ।

डोमिनार ४०० मा ३७३ सीसी इन्जिन उपलब्ध छ भने बजाजले उत्पादन गरेको सबैभन्दा पावरफुल इन्जिन यो नै हो ।

बजाजले भारतमा केटीएम, ट्रायम्फ जस्ता ब्राण्डसँगको सहकार्यमा मोटरसाइकल उत्पादनको काम गर्दै आएको छ । कम्पनीले केटीएम डूक ३९० को इन्जिन वा ट्रायम्फ ४०० को इन्जिनमा समेत एनएस ४०० ल्याउन सक्नेछ । कम्पनीले मूल्य कम गर्नका लागि डोमिनारको इन्जिन प्रयोग गर्ने हालै सार्वजनिक एक रिपोर्टमा उल्लेख गरिएको छ ।

बजाजले एनएस सिरिजलाई प्रिमियम मोटरसाइकलको रूपमा विकास गर्दै १६० र २०० सीसीमा यूएसडी फर्क, सेमि डिजिटल कन्सोल जस्ता फिचर थप गरिसकेको छ । नयाँ आउने एनएस ४०० मा स्लीपर क्लच, डबल च्यानल एबीएस, यूएसडी फर्क जस्ता फिचर हुनेछन् ।

भारतमा सार्वजनिक भए लगत्तै एनएस ४०० नेपाली बजारमा समेत भित्रने छ । लामो समयदेखि नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएको हंशराज हुलाशचन्द एण्ड कम्पनीले डोमिनार ४०० को भन्दा कम मूल्यमा एनएस ४०० नेपाली बजारमा सार्वजनिक गर्ने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top