काठमाडौं । रोयल इनफिल्डको सबैभन्दा सस्ताे मूल्यको मोटरसाइकल थप दुई नयाँ कलरमा आएको छ । कम्पनीले हन्टर ३५० ड्यापर ओ (अरेन्ज) र ड्यापर जी (ग्रिन) गरी दुई नयाँ कलर अप्सनमा ल्याएको हो ।
योसँगै अब हन्टर ३५० विभिन्न १० कलर अप्सनमा उपलब्ध हुने भएको छ । कम्पनीले नयाँ कलरको हन्टरको मूल्य १ लाख ६९ हजार ६५६ रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेर बुकिङ खुला गरेको छ ।
रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल रहेको हन्टर ३५० को सुरूआती मूल्य १ लाख ४९ हजार ९०० भारतीय रुपैयाँ रहेको छ । यो मोटरसाइकल नेपाली बजारमा समेत ४ लाख ४९ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तो छ मोटरसाइकल
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।

